Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

हाम्रो बारेमा

 
हाम्रो बारे

जिल्लाको समग्र संचार विकासमा क्रियाशील  संचार संघ नेपाल, विशुद्ध सामाजिक क्षेत्रमा कार्यरत रहेको छ । यसै संस्थाद्धारा स्थापना गरी संचालनमा रहेको यो सामुदायिक रेडियो रेडियो निकास ९३.४ मेगाहर्ज सम्पुर्ण मकवानपुरे जनताको साझा ढुकढुकी पनि हो । सामुदायिक दायरामा रही लक्ष्य प्राप्त गर्ने उद्देश्य अनुरुप यो रेडियो स्थापनादेखि नै स्वतन्त्र तथा समाजमुखी कार्यक्रमहरु प्रसारणमा केन्द्रित रहेको छ । यस रेडियोको मुख्य लक्ष्य पनि समाजका लागि साझा सवालमा बहस, पैरवी गर्नु नै हो ।
आजको युगमा संचारको महत्वलाई आत्मसात गर्दै जिल्लाको सञ्चार अभावलाई परिपुर्ति गर्न जिल्लाकै श्रोत तथा साधनबाट स्थापित यस रेडियोमा दक्ष तथा अनुभवी रेडियोकर्मीहरु कार्यरत रहेका छन् । जिल्लामा ओझेलमा रही प्रचारप्रसारको अभावमा फस्टाउन नसकेको ब्यबसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप आर्थिक आम्दानी गराउने स्वच्छ लक्ष्य हामीले आत्मसात गरेका छौं । सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण जिल्लाबासीहरुको आवाज बोल्नेछौं ।

हाम्रो उद्देश्य

    सूचनाको पहुँचलाई र्सवसुलभ बनाउने ।
    प्रचार प्रसारको अभावमा फस्टाउन नसकेका स्थानीय उत्पादनहरुलाई ब्यापक प्रचार प्रसारको माध्यमले ब्यबसायीकरण गर्ने ।
    प्राकृतिक श्रोत तथा साधनलाई समय सापेक्ष उपयोगीताको बारेमा जानकारी गराउने ।
    स्थानीय तथा सरकारी निकायले गर्ने विविध विकास निर्माणका कार्यले समाजमा पार्ने प्रभावका बारेमा स्वतन्त्र पैरवी गर्ने ।
    नयाँ उत्पादन प्रविधिका बारेमा खोजमुलक कार्यक्रमहरु बनाई तिनिहरुको प्रवर्धन गर्ने ।
    कृषिमा आधुनिक प्रविधिका प्रयोगका लागि प्रोत्साहन दिई कृषि उत्पादन बृद्धिमा जोड दिने ।
    विविध मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रसारण गर्ने ।
    नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने ।
    खनिज सम्पदाको उत्खनन्‌मा स्वतन्त्र  पैरवी गर्ने ।

स्वामित्व

संचार संघ नेपालको स्वामित्वमा  रेडियो निकास रहेको छ ।

प्रसारण पहुँच
मकवानपुर जिल्लाको सदरमुकाम हेटौडाबजारमा यसको प्रसारण स्टुडियो रहेको छ । १०० वाट क्षमतामा प्रसारित यो रेडियो,  मकवानपुर जिल्लाका सम्पूर्ण गाविस तथा छिमेकी जिल्लाहरुका केहि भागमा भागमा सुनिन्छ । मकवानपुर तथा छिमेकी जिल्लाहरुका गरी नौ  लाख भन्दा बढी श्रोताले यो रेडियो सुन्न सक्छन् ।

संगठन तथा जनशक्ति

रेडियो प्रसारणका लागि एक स्वतन्त्र रेडियो बोर्डद्वारा तयार गरिएको एक संगठन रहेको छ, जसको मातहतमा रेडियो कर्मचारी तथा ब्यबस्थापकहरु रहेका छन् । नीति निर्माण रेडियो बोर्डले गर्दछ भने कार्य संचालनको जिम्मा रेडियो कर्मचारी तथा ब्यबस्थापकहरुको संगठनले लिएको छ ।
 
सुरेश श्रेष्ठ
स्टेसन म्यानेजरः– सञ्चार संघ नेपालद्धारा सञ्चालित
सामुदायिक रेडियो, रेडियो निकास 93.4 Mhz. 
सम्पर्कः ९८५५०६८२२७
Email-  radionikas@gmail.com, reporttosuresh@gmail.com
हेटौंडा–४, (राधाकृष्ण भवनको दोस्रो तल्ला) मकवानपुर
फोनः– 057-526399,05752456
More

रेडियो परिवार

More

नयाँ भिडियो