Studio Time 20th July 2018, Friday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

समाचार : राष्ट्रिय समाचार

काठमाडौं फाइनलमा

हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाण्डौ फाईनलमा प्रवेश गरेको छ ।

कर्मचारीको साथले प्रदेश समृद्ध

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीको साथ विना प्रदेशको समृद्धि सम्भव नहुने बताउनुभएको छ ।

ताप्लेजुङ सेमिफाईनलमा प्रवेश

हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ सेमिफाइनलमा

हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

पहिलो खेलमा सिन्धुपाल्चोकको जित

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न पहिलो खेलमा सिन्धुपाल्चोकले रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

राजधानीको विषयमा कारण देखाउ आदेश

३ नम्बर प्रदेशको राजधानीका बिषयमा प्रदेश सभामा तत्काल छलफल गर्न नपाईने भएको छ ।

कृषिमा मकवानपुर उत्कृष्ट

जिल्ला कृषि विकास कार्यालय मकवानपुर मध्यमाञ्चलभरमा उत्कृष्ट भएको छ । कृषि विभागको संयोजकत्वमा गठन भएको समितिले १९ जिल्ला मध्ये जिल्ला कृषि विकास कार्यालय मकवानपुरलाई उत्कृष्ट घोषणा गरेको हो ।

महिला फुटबलमा मकवानपुर विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता बुधबारबाट हेटौंडामा सुरु भएको छ ।

आजबाट उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि हेटौंडामा सुरु हुँदैछ ।

हेटौंडा अस्पतालले सुत्केरीलाई यातायात खर्च दिएन

नियमित गर्भपरीक्षण गराएवापत गर्भवती महिलालाई उपलब्ध गराउनुपर्ने भत्ता हेटौंडा अस्पतालले वितरण गरेको छैन ।

प्रदेश स्थायी राजधानी अध्ययन

प्रदेश राजधानी सिफारिस गर्न बनेको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले हिजो सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ ।

राजधानीको लागि प्रतिवेदन आज

३ नम्बर प्रदेशको स्थायी राजधानीको लागि बनेको प्रदेश सभा सदस्यहरुको विशेष समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । उक्त प्रतिवेदन बुझाउनको लागि समितिका सदस्यहरुले अहिले हेटौंडाको एक होटलमा प्रतिवेदन तयार गर्दै गरेको समितिका एक सदस्यले जानकारी दिनुभएको छ ।

एन्फा कप अन्तरविद्यालयको क्वाटरफाईनल खेल सुरु

हेटौंडामा जारी एन्फा कप अन्तरविद्यालय जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिताको हिजो भएको पहिलो क्वाटरफाईनल खेलमा प्रगति मावि विजयी भएको छ ।

राजश्व विधेयक बहुमतले स्विकृत

३ नम्बर प्रदेशको आर्थिक विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दिनुभएको छ ।

कांग्रेसको उद्घोष/हिन्दुको मुद्दा सडकदेखि सदनसम्म

नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र वानियाँले नेपाली कांग्रेसले अब सडक देखी सदनसम्म हिन्दु राष्ट्रको मुद्धा उठाउने बताउनुभएको छ ।

लघुउद्यमको पञ्चवर्षिय रणनीतिक योजना

३ नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लघुउद्यम सम्बन्धी ५ वर्षे रणनीतिक योजना बारे अन्तरक्रिया गरेको छ ।

संसदीय दलको कार्यालय स्थापना

३ नम्बर प्रदेशको संसदीय दलको कार्यालय हिजो स्थापना गरिएको छ । ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले प्रदेश संसदीय दलको कार्यालयको उद्घाटन गर्नुभएको हो ।

सभामा आर्थिक विद्येयक माथि छलफल

३ नम्बर प्रदेशको प्रदेश सभाका हिजोको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक विधेयक माथि छलफल भएको छ ।

वर्गिय मुद्दालाई अगाडी बढाउनु पर्छः मुख्यमन्त्री

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जातीय भन्दा वर्गीय मुद्दालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल तामाङ घेदुङ संघ ३ नम्बर प्रदेश समितिको आयोजनामा आज भएको संविधान कार्यान्वयन र तामाङ पहिचान विषयक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले पछाडि परेका तामाङ समुदायलाई पनि समेटिने बताउनुभयो ।

विनियोजन विद्येयक बहुमतले पारित

३ नम्बर प्रदेश को आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो