Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

समाचार : राष्ट्रिय समाचार

स्कुलबस दुर्घटना हुँदा १४ घाइते

त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेस्थित खानीखोला नजिकै सोमबार स्कुलबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज जनकपुर बन्द

जनकपुर बमकाण्डका अभियोगमा थुनामा रहेका निलम्बीत सांसद सञ्जय शाहलाई झुठो मुद्दा लगाई फसाएको भन्दै मंगलबार जनकपुर बन्द गरेका छन् ।

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

चितवनमा साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ। चितवनमा साहित्य लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक प्रकाशित गरेको हो।

पोखरा कपमा आज धरान र दिल्लीबीच प्रतिस्पर्धा

पाँचौ पोखराकप फुटबल प्रतियोगितामा आज धरान र भारतबीचबीच खेल हुने भएको छ । पोखराकपमा आज धरान एफसी र दिल्ली एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ ।

मन्त्रिपरिषदको बैठक दिउँसो बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा भूकम्पपछिको पुनःनिर्माण अभियान, तराई मधेसमा विषेश कार्यक्रम सञ्चालन, आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुनेछ ।

संघीय गठबन्धन आबद्ध २४ दलको बैठक आज बस्दै ।।

संघीय गठबन्धन आबद्ध २४ दलको बैठक आज बस्दैछ । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ ।

तोकेकै मूल्यमा इन्धन बेच्न विराटलाई सरकारको निर्देशन

काठमाडौं, चैत ४ – संसदको सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई सरकारले तोकेकै मूल्यमा इन्धन बेच्न निर्देशन दिएको छ ।

सार्कको विदेश मन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा

काडमाडौं, चैत ४ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय ३७ औं बैठक सुरु भएको छ । पोखरामा सुरु बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको विमानमा बम

काठमाडौं, चैत ४ – भारतको नयाँ दिल्लीबाट काठमाडौं उड्न लागेको विमानमा बम भएको आशंकमा जाँच भइरहेको छ । काठमाडौं आउन लागेको नेपाल वायुसेवा निगमको आरए–२०६ नम्बरको विमानमा बम भएको हल्लापछि जाँच भइरहेको हो ।

मकवानपुरमा हावाबाट विद्युत

मकवानपुरमा हावाबाट विद्युत

हावाबाट बिजुली निस्कन्छ भनेको सुन्दा मकवानपुर फापरबारी गाविस–२ भोर्लेनीका चतुरबहादुर घलानलाई पटक्कै विश्वास थिएन । पानी र घामबाट त बिजुली निस्कन्छ भन्ने देख्नुभएका उहाँलाई साँझ परेपछि र बिहान ९\१० बजेसम्म घर नै उडाउलाजस्तो गरी वहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल भएको देख्दा अहिले सपनाजस्तै लाग्दछ । यो सबै सम्भव बनाएको छ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको सो वायु–सौर्य

जनतालाई संविधान बुझाउन नसक्दा भ्रम फैलाइयो : सञ्चारमन्त्री राई

पुस १० - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको संविधान राम्रो बने पनि जनतामाझ प्रचार हुन नसक्दा भ्रम फैलाउने काम भएको बताउनुभएको छ ।

सामुहिक प्राङगरीक आलुखेती शुरु

जागृती समुह आमभज्याङ देवीटोल मकवानपुरद्धारा सञ्चालीत कृषक समुहले सामुहिक प्राङगरीक आलुखेतीको शुरुवात गरेको छ । तरकारी तथा अन्नबालीमा रसायनिक मलखाद तथा विषादी प्रयोग भईरहेको अवस्थामा उतm समुहले प्राङगरीक खेती अनुरुप आलुखेतीको शुरुवात गरेको हो । विषादी यूतm तरकारी खानाले मानब स्वास्थमा असर गर्ने हुदाँ उतm समुहले प्रङगारीक आलुखेतीको मकवानपुरमा पहिलोपल्ट शुरुवात गरेको हो । सोमबार औपचारिक कार्यक्रमको आयेजना गरी समुहले प्राङ्गारीक खेतीको सुरुवात गरेको हो । कृषी विकास कार्यलय मकवानपुरका कृषी प्रसार अधिकृत काशीराज हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सहयोग

नेपाल टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस

नेपाल टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस

काठमाडौं, मंसिर २६ – नेपाल टेलिकमले आफ्नो मोबाइल सेवामा रिचार्ज गर्दा बोनस दिने भएको छ । आउँदो शुक्रबारदेखि जिएसएम/सिडिएमए प्रिपेड सेवाको रिचार्जमा बोनस दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

टुँडिखेलमा स्वागत समारोह सुरु

काठमाडौं, असोज ४ - नयाँ संविधान जारी भएको खुसियालीमा काठमाडौंको टुँडिखेलमा विशेष स्वागत समारोह सुरु भएको छ । स्वागत समारोहलाई प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्दै हुनुहुन्छ ।

तीन दलको समारोहमा बाबुराम भट्टराई अनुपस्थित

काठमाडौं, असोज ४ - संविधान घोषणा भएको खुशीयालीमा मुख्य तीन दलले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा एकीकृत माओवादीका नेता बाबुराम भट्टराई अनुपस्थित हुनुभएको छ ।

नयाँ संविधानको स्वागतमा संयुक्त र्‍याली

पर्वत, असोज ४ – संविधान जारी भएको खुशीयालीमा पर्वतमा विभिन्न राजनीतिक दल तथा अन्य विभिन्न सामाजिक संघ संस्थाहरुले सोमबार संयुक्त रुपमा र्‍याली निकालेर विजयोत्सव मनाएका छन् ।

नाराणकाजीको निवासमा एमाले र एमाओवादीबीच वार्ता

भदौ १७ काठमाडौं– सत्ताधारी दलको एक घटक एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच आज एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको निवास हात्तीबनमा वार्ता भएको छ ।

वीरगन्जको कर्फ्यु दुई घण्टाका लागि हट्यो

पर्सा, भदौ १७ – पर्साको वीरगन्जमा चार दिनदेखि कर्फ्यु बिहीबार बेलुका दुई घण्टाका लागि हटाइएको छ । जिल्ला सुरक्षा समितिको बिहीबार दिउँसो बसेको बैठकले बेलुका पाँच बजेदेखि सात बजेसम्म दुई घण्टाका लागि कर्फ्यु फिर्ता लिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

महिलामाथि गलत दृष्टि राख्ने मिडियाप्रति कडाइ आवश्यक : सञ्चारमन्त्री

१७ भदौ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महिलामाथि गलत दृष्टि राख्ने मिडियाप्रति कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

गौरमा निषेधाज्ञा तोड्न खोज्ने एमाओवादी कार्यकर्ता पक्राऊ

१७ भदौ, गौर । दंगाग्रस्त क्षेत्र खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका एमाओवादी नेता-कार्यकर्तालाई रौतहट प्रहरीले गौरबाट नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेर जबर्जस्ती नगरक्षेत्र भित्र प्रवेश गर्न खोजेपछि मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष उपेन्द्र साहसहित राजेश साह, सुनिल साह र जयप्रकाश कौशललाई पक्राउ गरेको प्रहरी निरिक्षक रामप्रकाश चौधरीले बताए ।

More

रेडियो परिवार

More

नयाँ भिडियो