Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

समाचार : राष्ट्रिय समाचार

करेन्ट लागेर बालिकाको मृत्यु

बर्दिया, भदौ १२ – बर्दियामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । शुक्रबार राति टेबुल फेन जोड्ने क्रममा करेन्ट लाग्दा गुलरिया–२ खैरापुरकी १३ वर्षकी बालिका करुणा ढकालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । करेन्ट लागेर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो ।

नेपालद्वारा अफगानिस्तान सामु १ सय २४ रनको लक्ष्य

काठमाडौं, भदौ १२ – मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले अफगानिस्तान सामु १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर मात्रै १ सय २३ रन बनायो । सुरुमा खराब प्रदर्शन गरेको नेपालले बीचमा केही बेर राम्रो प्रदर्शन गरेको थियो । तर नेपाली ब्याट्सम्यान धेरैबेर टिक्न सकेनन् । नेपालले सुरुको चार रन जोड्दा तीन विकेट गुमाएको थियो । नेपालका सन्दिप सुनार र राजविर

अल्पाइन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारी सम्मानित

अल्पाइन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारी सम्मानित

अल्पाइन डेभलपमेन्ट बैंक हेटौँडाका प्रमुख कार्यकारी अधिकृत सुदर्शनप्रसाद अधिकारी सम्मानित भएका छन् ।

सेना खटाउने निर्णय कानुन सम्मत ठहर

सर्वोच्च अदालतले हिंसाग्रस्त क्षेत्रमा नेपाली सेना खटाउने निर्णयलाई कानुन सम्मत ठहर गरेको छ । मधेसमा सेना परिचालन रोक्न माग गर्दै दायर भएको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णयलाई सदर गरेको हो ।

संविधान निर्माणमा सहयोग गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्ट दलहरुलाई संविधान निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

संविधानसभाको बैठक जारी

संविधानसभाको बैठक जारी

संविधानसभामा संविधानको अन्तिम बिधेययक माथीको सैदान्तिक छलफल आज पनि जारी छ ।

सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिका परिवारलाई ५० लाख र रोजगारी दिने घोषणा गर्ने मधेसी मोर्चाका नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आठ वर्ष ढिला भइसक्यो अब पनि ढिलो गर्नुहुन्न : खनाल

एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणका गर्न आठ वर्ष ढिला भैसकेकोले अब कुनै पनि बहानामा ढिला गर्न नहुने बताउनुभएको छ । संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिँदै खनालले बाधा अबरोधलाई पन्छाएर अब तत्काल संविधान घोषणा गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रलाई सुरक्षित भविष्य तर्फ अगाडि लैजान सबै शक्ति, समुदयले होसियारीका साथ अघि बढ्नु पर्ने खनालको भनाइ छ ।

​यु–१९ एसिसी प्रिमियर लिगमा नेपालले युएईलाई दियो २ सय रनको लक्ष्य

काठमाडौं, भदौ ११ – १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले युएईलाई २ सय रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए । ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ

अमरेश सिंह भन्छन् – टीकापुर घटना राज्यले गरेको दमनको उपज

अमरेश सिंह भन्छन् – टीकापुर घटना राज्यले गरेको दमनको उपज

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले कैलालीको टीकापुर घटना राज्यले गरेको दमनको उपज भएको दावी गरेका छन् । Amresh Kumar Singटीकापुर गएर थारु समुदायलाई भड्काउने खालका उत्तेजक अभिव्यक्ति दिएपछि यतिबेला अमरेशको चर्को आलोचना भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सिंहलाई २४ घण्टे स्पष्टिकरणका लागि पत्र काटे पनि सिंहले अझैसम्म पत्र बुझेका छैनन् ।

सेना परिचालनप्रति असन्तुष्टि जनाउँदै वैद्य माओवादीले बुझायो राष्ट्रपतिलाई ज्ञापनपत्र

सेना परिचालनप्रति असन्तुष्टि जनाउँदै वैद्य माओवादीले बुझायो राष्ट्रपतिलाई ज्ञापनपत्र

काठमाडौं, भदौ १० – वैद्य नेतृत्वको नेकपा– माओवादीले तराईका जिल्लाहरुमा सरकारले देखाएको रवैया र सेना परिचालन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएको छ । उसले अन्तरिम संविधान २०६३ को मर्मविपरीत सेना परिचालन गरिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै संविधानको संरक्षकका हैसियतले यसको संरक्षण गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ ।

रौतहटमा एमाले पार्टी कार्यालयमा आगजनी

१० भदौ, रौतहट । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले एमाले रौतहट जिल्ला कार्यालयमा आगजनी गरेका छन् । मोर्चा कार्यकर्ताहरुले बन्द रहेको एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टतिेल छर्केर कोठा भित्र आगो लगाएका हुन् । आगलाजीका कारण कार्यालयमा रहेका फर्निचर तथा कुुर्सीहरु जलेका छन् ।

कांग्रेसले काट्यो अमरेशलाई स्पष्टीकरण पत्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने

कांग्रेसले काट्यो अमरेशलाई स्पष्टीकरण पत्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने

काठमाडौं, साउन १९ – सत्तारुढ दल कांग्रेसले पार्टी निर्णय विरुद्ध अभिव्यक्ति दिएको भन्दै सभासद् अमरेश कुमार सिंहलाई स्पष्टीकरण पत्र काटेको छ । कांग्रेस उच्च स्रोतका अनुसार संसदीय दलको कार्यलयले सिंहलाई, ‘तपाईलाई किन कारवाही नगर्ने ?’ भन्ने व्यहोरासहितको पत्र काटेको हो ।

सार्वजनीक रुपमै मद्यपान र धुम्रपान गर्नेलाइ कारवाही हुने

सार्वजनीक स्थलमै खुल्ला रुपमा धुमपान तथा मद्यपान गरेको पाइएपछि सल्यानमा प्रहरीले त्यस्ता व्यक्तिलाइ कारवाहि गर्ने जनाएको छ ।

शिक्षकको तलव नदिएपछि विद्यालयमा तालाबन्दी

निजी स्रोतबाट राखिएका तीन जना शिक्षकले एक वर्षदेखिको तलव नपाएपछि जनप्रीय निम्न माध्यमिक विद्यालय बिगोठीमा २ दिनदेखि ताला लगाइएको छ ।

मधेसीमोर्चा र माओवादीले कार्यगत एकताको घोषणा गर्ने

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित अन्य साना दलसँग आज कार्यगत एकताको घोषणा गर्ने भएको छ ।

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँवानेश्वरमा सुरु हुने बैठकमा आज बिनियोजन बिधेयकको बारेमा सैद्धान्तिक छलफल गर्ने कार्यतालिका छ । तर एकीकृत माओवादीसँग सरकारले कुनै छलफल नगरेका कारण आजको बैठक चल्नेनचल्ने निश्चित भएको छैन ।

विशेष समितिको बैठक केहीबेरमा सुरु हुँदै

संविधानको प्रारम्भिक मस्यौदाको बारेमा जनताले दिएको सुझाव समेटेर प्रतिवेदन तयार गर्ने बारेमा छलफल गर्न विशेष समितिको बैठक आज पनि बस्दैछ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक अहिले केहीबेरमा सिंंहदरवारमा सुरु हुँदैछ ।

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुर, १९ साउन । विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो ।

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

म्याग्दी - म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा २२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो