Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

समाचार : स्थानीय समाचार

मकवानपुरबाट सत्यनिरुपण र बेपत्ता आयोगमा उजुरी दर्ता

हेटौंडा/ सत्य निरुपण तथा बेपत्ता सम्बन्धी छानबिन आयोगमा मकवानपुर जिल्लाका पीडितहरुले पनि उजुरी दर्ता गराएका छन् । तत्कालिन बिद्रोही नेकपा माओवादीले संचालन गरेको सशस्त्र संघर्षका क्रममा मकवानपुर जिल्लाबाट प्रभावित भएकाहरुले स्थानीय शान्ति समिति मार्फत सत्य निरुपण तथा बेपत्ता आयोगमा उजुरी दर्ता गराएका हुन्।

शिवालयहरुमा आज बिहानैदेखि भक्तजनहरुको भीड

हेटौंडा/मकवानपुर जिल्लाको बिभिन्न शिवालयहरुमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । आज साउन महिनाको पहिलो सोमबार परेका कारण पनि यहाँका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको हो ।

सामुदायिक भवन निर्माणमा अनुगमन समिति गठन

हेटौंडा/ पदमपोखरी १३ कल्याणटारमा आज आईतबार भवन अनुगमन समिति गठन भएको छ । स्थानीय युवा संजय महर्जनको अध्यक्षतामा १३ सदस्यीय भवन अनुगमन समिति गठन भएको हो ।

संस्थागत विधालयहरुले चर्कोरुपमा शुल्क वृद्धि गर्न लागेको भन्दै ध्यानाकर्षण

संस्थागत विधालयहरुले चर्कोरुपमा शुल्क वृद्धि गर्न लागेको भन्दै अनेरास्ववियु, मकवानपुरले जिल्ला शिक्षा कार्यालयमा ध्यानाकर्षण गरेको छ ।

आज विश्व क्षयरोग रोग दिवस, देशभर बिबिध कार्यक्रम गरी मनाईयो, मकवानपुरमा ५ हजार प्रभावित भएको जनस्वास्थ्यको तथ्याङ्क

आज विश्व क्षयरोग रोग दिवस क्षयरोग अन्त्यको लागि सबै संगठीत हौ भन्ने नाराको साथ जिल्ला जनस्वास्थय कार्यालय हेटौँडामा विविध कार्यक्रम गर्दै मनाइयो । कार्यक्रममा विभिन्न संघसंस्थाका कर्मचारीहरु ह्ेटौँडा अस्पतालका कर्मचारीको पनि सहभागीता रहेको थियो ।यसै अवसरमा जनस्वास्थ्य कार्यलयका प्रम’ख कपिल झाले आफ्नो भनाइ राख्दै मकवानप’र जिल्लामा मनहरी, च’रियामाइ लगायत विभिन्न ठाउमा क्षयरोगले बढी प्रभावित भएको बताउन’ भयो । त्यस्तै क्षयरोगले मकवानप’र जिल्लामा ५ हजार भन्दा बढी मानिस प्रभावित भएको र गतवर्ष भन्दा यस वर्ष क्षयरोग कमी आएको बताइएको

मकवानपुर प्रहरीको नागरिक सुनुवाई

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको पूर्वी क्षेत्र फापरबारीमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रम जनता उच्चमाबि, फापरबारीका अध्यक्ष चिजलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय सहभागीबाट आएका सुझाबलाई ग्रहण गर्दै सोधिएको प्रश्नको उत्तर सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्र्रमुख एवम् प्रहरी उपरिक्षक मीरा चौधरीले दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका भक्तबहादुर राई, नेकपा एमालेका नरबहादुर घलान, एनेकपा माओवादीका टेकबहादुर डिम्डुङ्ग, राप्रपा नेपालका दीलबहादुर

करेन्ट लागेर दुईजनाको मृत्यु

मकवानपुरको हाँडीखोला गाविस वडा नम्बर ४ च्यापलमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । हिजो जडान गरिएको नयाँ ट्रान्समिटरबाट हाईभोल्टेज करेन्ट प्रवाह हुँदा २ जनाको मृत्युभएको हो भने २५ जना घाईते भएका छन् । करेन्ट लागेर हाँडीखोला गाविस वडा नम्बर ४ च्यापलकी १७ बर्षिय शर्मिला डिम्डुङ र सोही स्थानकी ७० बर्षिय ठुलीमाया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मिरा चौंधरीले जानकारी दिनुभयो ।

करेन्ट लागेर दुईजनाको मृत्यु

मकवानपुरको हाँडीखोला गाविस वडा नम्बर ४ च्यापलमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । केही गम्भिर घाईते र ३० जनाभन्दा बढी घाईते । बिस्तृत जानकारीका लागी सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज www.radionikas.com सुन्दैं गर्नुहोला ।

करेन्ट लागेर एकजनाको मृत्यु

मकवानपुरको हाँडीखोला गाविस वडा नम्बर ४ च्यापलमा करेन्ट लागेर एकजनाको मृत्यु, केही गम्भिर घाईते र ३० जनाभन्दा बढी घाईते । बिस्तृत जानकारीका लागी सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज www.radionikas.com सुन्दैं गर्नुहोला ।

पत्रकार महासंघ मकवानपुरले नेपालको संविधान २०७२को खुशियालीमा ग¥यो प्रभातफेरी

सुनिल शिवाकोटी, हेटौडा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले नेपालको संविधान २०७२ जारी भएको खुशियालीमा आज हेटौंडामा स्वागत तथा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेएको छ ।

आउनुहोस्, गाउनुहोस् अनि रमाउनुहोस् यसपालीको तिज रेडियो निकास संग..........

आउनुहोस्, गाउनुहोस् अनि रमाउनुहोस् यसपालीको तिज रेडियो निकास संग.......... खुल्ला तिजगित प्रतियोगिता २०७२ सहभागी हुन चाहनुहुने समुहले भदौं २० गतेभित्र सम्पर्क राख्नुहोला । प्रतियोगीहरुले सामाजिक चेतना मुलक गित गाउनुपर्नेछ ।

यौनका कुरा चल्दा लाजले भुतुक्कै ...

राजाराम कार्की काठमाडौँ, भदौ १२– यौनका कुरा चल्दा लाजले भुतुक्कै हुने बसामाडीका किशोरी अहिले निर्धक्कसँग समाधानको गाँठो फुकाइदिन साथीसङ्गी वा आफन्तसँग आग्रह गर्ने गर्छन् । बसामाडी मकवानपुर जिल्लामा पर्छ । उमेर पुगेका युवती जो कोही पनि लजाउने गर्छन् यौनका कुरा गर्दा । तर, बसामाडीका युवती भने किशोरी जीवनमा आइपर्ने समस्या, अपनाउनुपर्ने सजगता र आफ्ना अधिकारलगायतका विषयमा खुलेर संवाद गर्न रुचाउन थालेका छन् । बसामाडीमा स्थापना गरिएको संवाद क्लब उनीहरुका लागि अहिले बरदान सावित भएको छ । समस्या पर्दा उनीहरु एकापसमा भेला भई

आन्दोलनलाई कमजोर नठान

हेटौंडा,११ भाद्र/ शुक्रबार संघीय समाजवादी फोरम नेपाल मकवानपुरले आयोजना गरेको बिरोधसभामा बोल्ने बक्ताहरुले अधिकार र पहिचानको आन्दोलनलाई कमजोर नठान्न आग्रह गरेको छ ।

घाईते बनाएर फरार रहेका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजना फरार रहेका अभियुक्तलाई आज पक्राउ गरेको छ । गत बैशाख २१ गते मकवानपुर गोगने ८ मा डाँडाखर्क २ बस्ने शिवराज मोक्तानलाई कुटपिट गरी घाईते घाईते बनाएर फरार रहेका एकजनालाई पक्राउ गरेको हो ।

नीलकण्ठ नगरपालिका धादिङको राहत रकम स्थगित सम्बन्धी सुुचना

नेपाल सरकारले भूकम्प पीडित परिवारका लागि तत्काल राहत स्वरुप अस्थायी आवास निर्माण गर्न दिने भनिएको रु पन्ध्र हजार रकम लिने सम्बन्धमा अनुगमन टोलीको तथ्याङकमा पुर्ण वा आंशिक क्षतीको लिस्टमा नाम भई वडा/वडामा नगद राहात वितरण गर्न खटिएको टोलीबाट भुकम्प पिडित परिचयपत्र कार्ड तथा नगद राहात रकम लिन छुट भएका सम्वन्धित सवैलाई यहि मिति २०७२ भाद्र १ देखी ३ गते सम्म धादिङ उद्योग वाणिज्य संघको कार्यालय भवनबाट वितरण गरिने ब्यहोरा सवैमा सुचित गरिन्छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो