Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

सामुदायिक खबर

UP Next....

संगि लामा

समाचार : स्थानीय समाचार

डायलसिस सेवा सञ्चालनका लागि छलफल

हेटौंडा अस्पतालमा मृगौला सम्बन्धी रोगको उपचारका लागि डायलसीस सेवा सञ्चालनका लागि हिजो छलफल भएको छ ।

खुला विश्वविद्यालयको अभिमुखीकरण

नेपाल खुला विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरुको अभिमुखीकरण मंगलबार हेटौंडामा भएको छ ।

१८ हजारले लिए नागरिकता

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आर्थिक वर्ष २०७४/०७५ मा १८ हजार ३४ जनाले नागरिकता लिएका छन् ।

नारायणी बहुउद्देश्यीयको आप्mनो सेवाकेन्द्र विस्तार

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आप्mनो सेवाकेन्द्र विस्तार गरेको छ ।

४० वटा अटो तथा ई–रिक्सालाई कारवाही

मकवानपुर प्रहरीले हिजो सवारी नियम उल्लङ्घन गर्ने ४० वटा अटो तथा ई–रिक्सालाई कारवाही गरेको छ ।

५ सय ३५ जनालाई तालिम

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको सहयोगमा सहयोगी संस्था नेपालले मकवानपुरका बिभिन्न स्थानीय तहहरुमा आर्थिक वर्ष २०७४/७५ मा ५ सय ३५ जनालाई तालिम प्रदान गरेको छ ।

मंगलकृष्ण मानन्धरको शोकसभा

नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष स्वर्गीय मंगलकृष्ण मानन्धरको निधन भएको १०औं दिनको पूण्यतिथिका दिन हिजो नेपाल भाषा खलःले शोकसभाको आयोजना गरेको छ ।

काँग्रेसको कार्यालय उद्घाटन

कांग्रेस मकवानपुरले बीपी कोईरालाको ३६औं स्मृति दिवस बिभिन्न शाताब्यापी कार्यक्रमको आयोजना गरेर मानाएको छ ।

भुक्तानी दावी गर्न प्रशासनको सूचना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात क्षेत्रसंग सम्बन्धीत संघ, संस्था र समितिसंग भुक्तानी लिन बाँकी भए ३५ दिनभित्र कागजात पेश गर्न सूचना जारी गरेको छ ।

मालपोतमा ५९ करोड रुपैयाँ राजश्व संकलन

मालपोत कार्यालय मकवानपुर हेटौंडामा आर्थिक वर्ष २०७४/७५ मा ५९ करोड २७ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

मिस्टर मकवानपुर हुने

मकवानपुर वडी विल्डिङ एण्ड फिटनेस एसोसिएसनको आयोजनामा भदौ २३ गते मिस्टर मकवानपुर हुने भएको छ ।

दैनिक ३५ लाखको तरकारी खपत

हेटौंडा १० मा रहेको टिसियन रोडको तरकारी बजारमा दैनिक ३५ लाख बराबरको तरकारी विक्रि हुने गरेको छ ।

कांग्रेसको तरुण सडकमा

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल मकवानपुरका कार्यकर्ताले हिजो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छन् ।

मानव बेचबिखनको बिरुद्ध मुद्दा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखनको अभियोगमा एकजना बिरुद्ध मुद्दा चलाएको छ ।

महिलाको विषयमा अन्तरक्रिया

राजनीतिमा महिला सहभागिता र महिलाको तत्कालिन स्थितिको बारेमा हेटौंडामा छलफल भएको छ ।

वीपीको स्मृतिमा वृक्षारोपण

नेपाली कांग्रेस मकवानपुरले वी.पी. कोईरालाको ३६औं स्मृति दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्र्तगतको दोश्रो दिन हेटौंडा ५ को रुद्रेश्वर मन्दिर परिसरमा हिजो बृक्षारोपण गरिएको छ ।

कोरा साईक्लिङ च्यालेन्ज सम्पन्न

हेटौंडा राईडर्स क्लबको आयोजनामा कोरा साईक्लिङ च्यालेन्ज सम्पन्न भएको छ ।

पत्रकारहरुसँग अन्तरक्रिया

आर्थिक पत्रकारिता गर्दा ध्यान दिनुपर्ने बिषयका बारेमा हिजो मकवानपुरका पत्रकारहरुसँग अन्तरकृया गरिएको छ ।

रोट्रयाक्टको तालिम

रोट्रयाक्ट क्लबका सदस्य तथा पदाधिकारीहरुलाई एक दिवसीय तालिम प्रदान गरिएको छ ।

५ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थाबाट ५ जनालाई शनिबार पक्राउ गरेको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो