Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

BBC नेपाली सेवा

UP Next....

श्रृति सवेंग

समाचार : स्थानीय समाचार

पौडेल दम्पतिद्वारा वृद्धाश्रममा सहयोग

हेटौंडा–४ मा रहेको आयु फार्मेसीका संचालक हरी पौडेल तथा सरिता पौडेलले हेटौंडा–२ स्थित ओम बृद्धाश्रमलाई १० हजार रुपैयाँ सहयोग सहित बृद्धबृद्धालाई एक छाक भोजन प्रदान गर्नुभएको छ ।

१४६ औं गजल यात्रा

गजल मञ्च मकवानपुरको आयोजनामा १४६ औं गजल यात्रा सम्पन्न भएको छ ।

चरेस सहित २ जनालाई पक्राउ

मकवानपुर प्रहरीले शुक्रबार साँझ २१ केजि ९ सय ४० ग्राम लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।

बीपी कोईरालाको स्मृतिमा फलफूल वितरण

नेपाली कांग्रेस मकवानपुरले बीपी कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले हिजो हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

मकवानपुर कांग्रेसले विभागिय प्रमुख तोक्यो

नेपाली कांग्रेस मकवानपुरले जिल्ला कार्यसमितिको आधा कार्यकाल समय सकिए पछि धमाधम रिक्त रहेका पदाधिकारी र विभागिय प्रमुखहरु तोकिएका छन् ।

मनहरीमा वृक्षारोपण

मनहरी गाउँपालिका–६ नयाँवस्तीस्थित कत्तेले खोल्सी झोरा नियन्त्रणका लागि माटो उठाएको स्थानमा हिजो वृक्षरोपण गरिएको छ ।

गोरक्षश्वरमा वृक्षारोपण

हेटौंडा–१० मा रहेको गोरक्षश्वर मन्दिरलाई हरियाली बनाउने उद्देश्यले आज वृक्षरोपण गरिएको छ ।

भीमफेदीमा सूचना प्रणाली

भीमफेदी गाउँपालिकाले बिद्युतीय सुचना प्रणाली प्रभावकारी बनाउन सुरु गरेको छ । गाउँपालिकाले आफ्नो कार्यालयको विवरण तथा प्रगति कार्य आफ्नो वेवसाइडमा राखेको तथा आगन्तुक सेवाग्राहिलाई समयमा जानकारी दिन सुचनालाई व्यवस्थित तथा प्रभावकारी बनाउन सुरु गरिएको छ ।

२ महिला बेच्ने ११ बर्षपछि पक्राउ

२ जना महिलालाई बेचेर फरार रहेका एकजनालाई प्रहरीले फैसला भएको ११ वर्षपछि पक्राउ गरेको छ ।

लागुऔषध सहित एक महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजो बिषेश सुचनाको आधारमा लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

वनकरिया छात्रालाई छात्रवृत्ति

स्वर्णिम एण्ड सिर्जना फाउण्डेशन काठमाडौंका सुरेन्द्र श्रेष्ठले मकवानपुरको एक वनकरिया समुदायकी छात्रालाई अध्ययनको लागि छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको छ ।

बजेटको ४२ प्रतिशत सडक निर्माणमा

हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को लागि सडकलाई प्राथमिकता दिंदै बजेट तथा कार्यक्रमहरु निर्माण गरेको छ ।

डिस्ट्रिक गभर्नरको कार्यकाल योजना

रोटरी ईन्टरनेशनल थ्रि टु नाईन टु वर्ष २०१८/०१९ का डिस्ट्रिक गभर्नर चिन्तामणी भट्टराईले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालको योजनाको बारेमा जानकारी गराउनुभएको छ ।

विद्यालयलाई ४ कोठे भवन हस्तान्तरण

रोटरी क्लब अफ हेटौंडाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको भृकुटी माध्यामिक विद्यालयको ४ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरेको छ ।

सरकारी कार्यालयहरु खारेज

मकवानपुर जिल्लाका विभिन्न सरकारी कार्यालयहरु हिजोदेखि खारेज भएका छन् । सरकारले खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

नारायणी यातायात व्यवसायी कम्पनी सुरुवात

सरकारले यातायात व्यवसायी संघ खारेज गर्ने निर्णय गरेसंग हेटौंडामा नारायणी यातायात व्यवसायी कम्पनी प्रालि सञ्चालनमा आएको छ ।

विद्यार्थीद्वारा क्याम्पस घेराबन्दी

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थिहरुले नीजि शैक्षिक संस्थालाई क्याम्पसको सम्बन्धन दिन लागेको विरोध गर्दै ¥याली सहित क्याम्पस घेराउ गरेका छन् ।

ओसीएमसीबाट ४११ जनाले लिए सेवा

एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी) हेटौंडाबाट चालु आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ११ जनाले सेवा लिएका छन् ।

६६ प्रतिशत भुकम्प पिडीतले मात्र पाए दोश्रो किस्ता

मकवानपुरको भूकम्प प्रभावितहरुले दोस्रो किस्ता प्राप्त गर्ने अन्तिम दिनसम्म जम्मा ६६ प्रतिशतले मात्र दोस्रो किस्ता लिएका छन् ।

प्रदेश भेलामा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपाल सुन चाँदी व्यवसायी संघ ३ नम्बर प्रदेश समितिले मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो