Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

कहाँ छिन मनिषा कोइराला ?

कहाँ छिन मनिषा कोइराला ?
काठमाडौँ  -  बलिउडमा काम पाउन छाडेपपछि नायिका मनिषा कोइराला पछिल्लो समय नेपालतिरै व्यस्त छिन् ।
 
व्यवसायी सम्राट दाहालसँग बिहे गरेकी उनको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । पछिल्लो समय फर्सदिलो जीवन विताइरहेकी छीन उनी । वैशाख १२ गतेको भूकम्पछि नायिका कोइरालालाई सरकारले सम्मानित पद दियो, प्रधानमन्त्री राहत कोषको सद्भावदूत बनाएर ।
 
तर राहत जुटाउन भन्दा आफनै व्यक्तिगत काममा व्यस्त हुन थालेपछि धेरैले उनको खोजी गर्न थालेका छन् । बलिउडकी चर्चित नायिका भएकोले मनिषाले कम्तिमा बलिउडबाट सहयोग जुटाउने धेरैको अपेक्षा थियो । बलिउडका सबैजासो हस्तीसँग उनकोदोस्ती छ। तर मनिषाले बलिउडबाट सहयोग जुटाउन कुनै पहल गरिनन् । बलिउड नायक नायिकाले नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने हल्ला चलाए । तर सहयोग गरेनन् । अमिताभ बच्चनले ११ लाख रुपैया सहयोग गरेका थिए । दृष्टि साप्ताहिकबाट
 
More

रेडियो परिवार

More

नयाँ भिडियो