Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

संगि लामा

UP Next....

नेपाल खबर

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुर, १९ साउन । विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो ।

आव २०६९/७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७०÷७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

त्यसको दाँजोमा आव २०७१÷७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताउनुभयो । बलात्कारका अधिकांश घटना चिनजानको व्यक्तिबाटै भएको र दुईजना बालिकालाई ललाइफकाई बलात्कार गरेको पाइएको छ ।

प्रहरीका अनुसार पटकपटक यौन सम्बन्ध भएर दुईजना बीच असमझदारी भएपछि बलात्कार भएको उजुरी आएकाले कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । रासस

More

रेडियो परिवार

More

नयाँ भिडियो