मधेसीमोर्चा र माओवादीले कार्यगत एकताको घोषणा गर्ने
आज माओवादीको बुद्धनगरस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संयुक्त कार्यक्रम र भावी आन्दोलनको घोषणा गर्ने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । बैठक दिउँसो ४ बजेपछि सुरु हुनेछ । मधेसी मोर्चामा आवद्ध ४ र अरु ८ दलबीच मस्यौदा खारेजीको आन्दोलनका लागि कार्यगत एकता गर्ने सहमति हिजो भएको थियो । मस्यौदा खारेजीको एक सुत्रीय एजेन्डा लिएर आन्दोलनमा जाने निष्कर्षमा १२ दलबीच सहमति भएको महासचिव सुमनले बताउनुभयो ।