Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

कांग्रेसले काट्यो अमरेशलाई स्पष्टीकरण पत्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने

कांग्रेसले काट्यो अमरेशलाई स्पष्टीकरण पत्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने प्रधानमन्त्री निवास बालुवाटारमा १६ साउनमा बसेको काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा प्रधानमन्त्री एव्म पार्टी सभापतिको प्रस्ताव अनुसार सभासद् सिंहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सोमवार साँझ सभासद् सिहलाई स्पष्टीकरण पत्र पठाएका हुन् । गोप्य भन्दै शिलबन्दी गरि पठाइएको स्रोतको भनाई छ । उनले देश टुक्राउनेसम्मको अभिव्यक्ति दिएको आरोप पनि लागेको छ । त्यसबाहेक सभासद् सिंहलाई शीर्ष नेतालाई होच्चाउने, भारतीय दूतावास चाहर्ने, अपारदर्शी गतिविधि गर्ने गरेको आरोप पनि काग्रेसभित्रैबाट लाग्ने गरेको छ । सिंहले दूतावास जाने आफु पहिलो र अन्तिम नेता नभएको भन्दै काग्रेसभित्रकै अरु नेताको हैसियतमा पनि प्रश्न उठाएका थिए । पत्रमा ‘पार्टीको नीति, निर्णय र विधान विपरित तपाईका अभिव्यक्ति आएकाले यस विषयमा स्पष्ट खुलाई जवाफ दिनुहोला । जवाफ दिनुभएन भने तपाईलाइ किन अनुशासनात्मक कारवाही नगर्ने ?’ उल्लेख रहेको काग्रेस स्रोतले बतायो । उनले पछिल्लो पटक काग्रेसको निर्णय विपरित दलहरुवीच भएको १६ बुँदे सहमतिको विरोध गरेका थिए । सुरक्षासहित सरकारी सुविधा लिएको विषयमा पनि उनको काग्रेसभित्र आलोचाना हुने गरेको छ । संविधानसभाको निर्वाचनमा उनले सर्लाही–६ बाट तराई मधेश लोकतात्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई हराएका थिए । स्पष्टीकरण सोधिएकोवारे सभासद् सिंहको प्रतिक्रिया आईसकेको छैन ।
More

रेडियो परिवार

More

नयाँ भिडियो