Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

धर्म दर्शन र विज्ञान युग ।

ज्यो पं जिबराज बख्रेल हेटौडा
हिन्दु धर्म दर्शन द्धारा स्थापित  अनेकौं सशक्त मान्यता हरुकै क्रममा हाम्रो अतीत बर्तमान बन्यो , हामि यसैको पृष्ट भुमिमा  बसेर भविस्यको प्रारुप पनि तयार गर्दै छौ । वैदिक दर्शन द्धारा स्थापित दैनिक जीवनका अभिप्सित पक्षहरु अध्यन अध्यापनको स्तरबाट क्रमस पातलिदै गएको छ । आजको विज्ञानको युगमा वैज्ञानिक चमत्कारको बसमा शास्त्रीय विचार हरु विलीन हुदै गइरहेको जस्तो देखिन्छ । तर यथार्थता खोज्नेहो भने हिन्दु धर्म दर्शन विज्ञानको पिता भन्दा फरक पर्दैन होला ।
(कार्म भूमि रियम ) यो कर्मक्षेत्र हो । यो भनाइ भृगु मुनिले भारद्धाज ऋषि सँग पृभिविलाइ लक्षित गरेर भन्नु भएको थियो । यो विश्व कर्ममय छ यो हाम्रो कर्म क्षत्रहो यो सुनियन्त्रीत विश्वमा कर्मको नै माया फैलिएको छ , कर्म नगरी फलको आसा गर्नु हिन्दु धर्म अनुसार पर्दैन । जसले हिन्दु धर्म दर्शन अनुुसार कर्मगरेको छ र जसले हिन्दु धर्म दर्शन अनुसार अनुसन्धार गरेको छ ,उसैले सफलता पाएको देखिन्छ । बैज्ञानिक हरुले गरेको अनुसन्धान हरुमा धेरै जस्तो हिन्दु दर्शन लाइ आधार बनाएर गरीएको छ ।  धर्म शास्त्र हेर्नेहो भने ग्रहको कुरा विज्ञानले पत्ता लगाउनु भन्दा पहिलानै पत्ता लागेको थिएनर रु सर्य चन्द्र ग्रहणको कुरा गरौँ ग्रहण लाग्ने समय मध्य अन्त्य को कुरा विज्ञानको भन्दा पहिला पत्ता लागेको कुरा हो । ग्रहण सम्वन्धि कुरा जन्द्रमा छोएर आएका हरुलाइ सोधेर लेखिएको हो र रुरु  हिन्दु धर्मले मानेका धेरै कुरा छन् जसलाइ विज्ञानले पनि समर्थन गरेको देखिन्छ ।मानव जिवनको लागी अक्सिजन कति महत्वपुण छ वणन गरेर सकिदैन । तुलसि सदावहार समान अक्सिजन दिने र पिपल धेरै अक्सिजन दिने भनेर पुस्टिहुनु भन्दा पहिला देखिनै हिन्दु हरुले महत्वपुण मान्नुपनि हिन्दु दर्शन पहिलेनै महत्व स्पस्ट र्भको पुस्टि हुन्छ ।  त्यस्तै हिन्दु धर्मदर्शन अनुसार बजाइने शङख  घण्ट को कुरा गर्दा वर्लिन विश्व विद्यालय द्धारा सन १९२८ मा गरीएको एक अनुसन्धानले शङख ध्वनि जिवाणु (ब्याक्टेरिया) नस्ट गर्न उत्तम मानिएको छ अनुसन्धान बाट पत्ता लागेको छ प्रति सेकेण्ड २७ घन फुट शक्तिको जोडले वजाईएको शङखले एक हजार दुइसय फुट टाढा भएका जिवाणु नस्ट हुन्छन भने दुइ हजार ६ सय फुट टाढा सम्म रहेका जिवाणु मुर्छित हुन्छन् । यस्ता जिवाणु अलावा हैजा ,औलोको जिवाणु पनि भगाउनको लागि शङख ध्वनि महत्वपुण हुन्छ भनि निर्कयोल गरीएको हो । यसरी हेर्दा हिन्दु दर्शन एकाइसौँ सताव्दिको विज्ञान आविस्कार भन्दा कम नरहेको स्पस्ट देखिन्छ । किनकि अहिलेको यस्तो अनुसन्धान हुनु भन्दा पहिलेनै शङखको महत्व थाहा भएको हुनाले एसको प्रयोग गरेको हुनु पर्छ ।
अव रहेकुरा युगको अहिलेको युग धार्मिक भाषामा कलियुग आधुनिक भाषामा बैज्ञानिक यूगले परीचित हुदै आइरहेको छ । अहिलेको युग विकासको हिसावले र चेतनाको हिसावले अगाडि रहेको धार्मिक कानुनलाइ अबलोकन गरी हेर्ने हो भने अहिलेको कडाइ गरेर लेखिएको कानुन भन्दा सयौँ गुण प्रभावकारी देखिन्छ ।धर्म दर्शनको सास्त्रमा लेखिएको अनुसार सारा नियम पालना गर्नहोभने यो स्कन्धको यति अध्याएमा उल्लेख भएअनुसार खराव कामगरे वापत पाप लाग्छ गर्न हुदैन भन्नुर यो दफा यति धारा अनुसार यो कारवाहि गरीन्छ भन्नु दुबै कानुन हुन । यी दुबै कानुन लाई प्रभाबकारीताको आधारमा हेर्नेहो भने पहिलेको कानुन धेरै उपयोगी देखिन्छ । यो अर्थमा सास्त्रिय कानुनले आफ्नो मन लाई झुक्याएर गर्न सकिन्छ भन्छ जुन सम्भव छैन । तर आधुनीक कानुनले प्रहरीको नजर भन्दा बाहिर जे गर्दा पनि हुन्छ भन्छ यो अपराध बढ्नुको कारणहो ।
सास्त्र अध्यनर मनन् गर्नहो भने यहाँ शब्दको ज्ञान अत्यन्त महत्वपुण छन् यदि ब्यवहारमा लागु गर्नेहो भने भने धर्म शास्त्रको उद्येस्य खुख्य रुपमा मानव आचरण लाई नियमित र नियन्त्रण गर्नमा निहीत रहन्छ । हरेक मानिसले आफु महान र सुखि हुन चाहन्छ । धर्मको अर्थ असल कुरा धारण गर्नु वा कुनै कर्तब्य गर्नु भन्ने बुझिन्छ । तसर्थ हिन्दु दर्शनमा धर्मको स्थान सर्वाेपरी र ब्यापक छ । यसकारण यो अमुल्य नितिलाइ हामि सबैले अवलम्वन गरौँ यसैमा सबैको कल्याण छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो