Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

सेना परिचालनप्रति असन्तुष्टि जनाउँदै वैद्य माओवादीले बुझायो राष्ट्रपतिलाई ज्ञापनपत्र

सेना परिचालनप्रति असन्तुष्टि जनाउँदै वैद्य माओवादीले बुझायो राष्ट्रपतिलाई ज्ञापनपत्र काठमाडौं, भदौ १० – वैद्य नेतृत्वको नेकपा– माओवादीले तराईका जिल्लाहरुमा सरकारले देखाएको रवैया र सेना परिचालन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएको छ । उसले अन्तरिम संविधान २०६३ को मर्मविपरीत सेना परिचालन गरिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै संविधानको संरक्षकका हैसियतले यसको संरक्षण गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । mohan baidhya तराईका जिल्लामा संविधानमा आफ्नो अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलनरत जनताको मागलाई वेवास्ता गर्दै सरकारले राज्य आतंक मच्चाएको आरोप लगाउँदै उसले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ । ‘तराईका जिल्लाहरुमा संविधानको विषयलाई लिएर गत केही समयदेखि कैलाली, बर्दिया, बाँके, दाङ, रौतहट र सर्लाहीलगायत विभिन्न जिल्लाहरूमा चलिरहेको आन्दोलनको सन्दर्भमा ती जिल्लाहरूमा सरकारको केन्द्रीय सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासनमार्फत दङ्गाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयका सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, वैद्य माओवादीले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘नेपाली सेना राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठन भएको संस्था हो । अन्तरिम संविधान २०६३ अनुसार प्राकृतिक विपद्को अवस्था बाहेक राष्ट्रमाथि गम्भीर सङ्कट परेको स्थितिमा मन्त्रिपरिषदको सिफारिसमा सेनाको परमाधिपतिको रुपमा रहेको राष्ट्रपति मार्फत् मात्र नेपाली सेना परिचालन हुने व्यवस्था रहेको छ । तर २०६३ सालको अन्तरिम संविधान जारी हुनुपूर्व बनेको २०२८ सालको स्थानीय प्रशासन ऐन अनुसार स्थानीय प्रशासनमार्फत आन्तरिक शान्ति सुरक्षाको नाममा जनआन्दोलनका विरुद्ध नेपाली सेनाको परिचालन गर्नु नेपाली सेनाको घोर अवमूल्यन गरी दुरुपयोग गर्नुमात्र होइन, अन्तरिम संविधान २०६३ कै गम्भीर उल्लङ्घन हो ।’ उसले शान्तिपूर्ण रुपमा जनताले गरेको प्रदर्शनमा प्रहरी दमन भएको प्रति समेत आपत्ति जनाउँदै यसलाई राज्य आतंकको संज्ञा दिएको छ । मिति: २०७२/०५/११ सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, शितलनिवास, काठमाडौं विषय: ज्ञापन–पत्र संविधानको विषयलाई लिएर गत केही समयदेखि कैलाली, बर्दिया, बाँके, दाङ, रौतहट र सर्लाहीलगायत विभिन्न जिल्लाहरूमा चलिरहेको आन्दोलनको सन्दर्भमा ती जिल्लाहरूमा सरकारको केन्द्रीय सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासनमार्फत दङ्गाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयका सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली सेना राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठन भएको संस्था हो । अन्तरिम संविधान २०६३ अनुसार प्राकृतिक विपद्को अवस्था बाहेक राष्ट्रमाथि गम्भीर सङ्कट परेको स्थितिमा मन्त्रिपरिषदको सिफारिसमा सेनाको परमाधिपतिको रुपमा रहेको राष्ट्रपति मार्फत् मात्र नेपाली सेना परिचालन हुने व्यवस्था रहेको छ । तर २०६३ सालको अन्तरिम संविधान जारी हुनुपूर्व बनेको २०२८ सालको स्थानीय प्रशासन ऐन अनुसार स्थानीय प्रशासनमार्फत आन्तरिक शान्ति सुरक्षाको नाममा जनआन्दोलनका विरुद्ध नेपाली सेनाको परिचालन गर्नु नेपाली सेनाको घोर अवमूल्यन गरी दुरुपयोग गर्नुमात्र होइन, अन्तरिम संविधान २०६३ कै गम्भीर उल्लङ्घन हो । यस स्थितिमा हामी संविधानको संरक्षक र नेपाली सेनाको परमाधिपतिको रुपमा रहनुभएको सम्माननीय राष्ट्रपति ज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । आन्दोलनको क्रममा हालसम्म दर्जनौं आन्दोलनकारीहरूसहित सुरक्षाकर्मीहरूको हताहत भएको छ । यो निश्चय पनि दुःखद घटना हो । संविधान निर्माणको विषयलाई लिएर नेपाली जनताले शान्तिपूर्ण रुपले सञ्चालन गरिरहेका आन्दोलनहरूलाई गृह प्रशासनले दमन गर्ने, आन्दोलनकारीहरूको हत्या गर्ने, गिरफ्तार गर्ने, कफर््यु–निषेधाज्ञा जारी गर्ने जस्ता कदमहरू चालेर गत केही समय यता राज्यआतङ्क नै मच्चाउँदै आइरहेको छ । राज्यआतङ्कको ज्यादती बढ्दै गएको स्थितिमा कैलालीको टीकापुर लगायत विभिन्न जिल्लाहरूमा जनताले स्वतःस्फूर्त रुपमा प्रतिरोध गरेका छन्, त्यो नेपाली जनताको नैसर्गिक अधिकार पनि हो । त्यसलाई राज्यको तर्फबाट अपराध र दङ्गाग्रस्त क्षेत्र भनी सेना परिचालन गर्ने, निषेधाज्ञा–कफर््यु जारी गर्ने गरिरहेको छ भने कैलालीको टीकापुरमा प्रहरी प्रशासनको संरक्षणमा साम्प्रदायिक दङ्गा मच्चाउने, आदिवासी थारु समुदायका बस्ती र घरहरु तोडफोड गर्ने, आगजनी गर्ने, निहत्था जनतालाई कुटपिट गर्ने, जथाभावी गिरफ्तार गर्ने जस्ता मानवअधिकारको गम्भीर उल्लङ्घन गर्दै नेपाल सरकारको गृह प्रशासनले नेपाली सेना परिचालन र राज्यआतङ्क खडा गरिरहेको छ । यो घोर निरङ्कुश तथा फासीवादी कदम हो । अतः नेपाली सेना परिचालन अविलम्ब बन्द गर्नुका साथै राज्यपक्षबाट मच्चाइएको राज्यआतङ्क र साम्प्रदायिक भड्काव तुरुन्त बन्द गरियोस् भनी सम्माननीय राष्ट्रपति ज्यूमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । आज देशका विभिन्न भागमा जसरी जनता विरोधमा उत्रेका छन्, त्यसको मूल कारण तीन दलका शीर्ष नेताहरूद्वारा प्रतिगामी संविधानको मस्यौदा तयारी र प्रदेशहरुको सिमाङ्कन गरी संविधानसभा–२ बाट जारी गर्न खोज्नु नै रहेको छ । हाम्रो पार्टीले विगतदेखि नै संविधानसभा–२ को प्रक्रियाबाट जनताको अपेक्षाअनुरुपको संविधान बन्न नसक्ने र संविधान निर्माणका लागि सर्वप्रथम सबै दलहरूको बीचमा संविधानको मूलभूत सिद्धान्त र अन्तर्वस्तुहरूमा राष्ट्रिय सहमति गर्न जोड दिएको थियो । तर, तीन दलका नेताहरू त्यसलाई स्वीकार गर्न तयार भएनन् । त्यति मात्र होइन, वैशाख १२ को विनाशकारी भूकम्पका कारणले सिङ्गो राष्ट्र विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने शोकाकूल र संवेदनशील अवस्थाका साथै खेतीपाती, वर्षात् र बाढीपहिरोको मौसममा उल्टो संवेदनहीन भएर तीन दलका नेताहरू प्रतिगामी संविधान जारी गर्ने दुष्प्रयत्न गर्न थाले । त्यतिमात्रले नपुगेर अझ अन्तरिम संविधान २०६३ विपरीत जनअधिकारलाई कुल्चदै दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन र राज्यआतङ्क खडा गरेर संविधान जारी गर्ने धृष्टता गरियो । त्यसो गर्नु भनेको घोर निरङ्कुश तथा फासीवादी कदम हो । पहिलो संविधानसभाको कार्यकालमा एकजना नागरिकसम्मको पनि ज्यान गएको थिएन, तर त्यसबेला संविधान जारी नगर्ने मात्र होइन, असहज परिस्थिति देखाउँदै संविधानसभा नै भङ्ग गरिएको घटना स्मरणीय छ । तर आज दर्जनौं आन्दोलनकारी र सुरक्षाकर्मीको ज्यान गइसकेको छ । कैयौं घाइते अवस्थामा छन् । यो क्रम झन् दिनहुँ बढ्दो छ, तर तीन दलका शीर्ष नेताहरू भने संविधानसभा–२ भङ्ग नगर्ने मात्र होइन, उल्टो राज्य आतङ्क र सेना परिचालन गरेर संविधान जारी गर्ने हठ प्रदर्शन गरिरहेका छन् । यसबाट जनअधिकारको हत्या गर्न र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने मात्र होइन, प्रकारान्तरले नेपालको राष्ट्रिय अस्मितालाई नै गम्भीर सङ्कटमा पु¥याउने स्थिति समेत पैदा भएको देखिन्छ । अतः संविधानसभा–२ बाट संविधान निर्माणको प्रक्रियालाई अविलम्ब विघटन गरी सबै राजनीतिक दलहरू र आन्दोलनरत सरोकारवाला समुदायका प्रतिनिधिहरू सबैसँग संवाद गरी राष्ट्रिय राजनीतिक सहमति कायम गर्न अधिकार सम्पन्न सर्वदलीय सभाको आयोजनाको लागि अविलम्ब पहल गरियोस् भनी सम्माननीय राष्ट्रपतिज्यू मार्फत नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौँ । … … … … मोहन वैद्य ‘किरण’ अध्यक्ष, नेकपा–माओवादी
More

रेडियो परिवार

More

नयाँ भिडियो