Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

संगि लामा

UP Next....

नेपाल खबर

​यु–१९ एसिसी प्रिमियर लिगमा नेपालले युएईलाई दियो २ सय रनको लक्ष्य

काठमाडौं, भदौ ११ – १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले युएईलाई २ सय रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए । ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लगेका थिए । यस अघि नेपालले कुवेतमा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा युएईलाई ९४ रनले हराएको थियो । नेपालले शनिबार बलियो प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन् । नेपाली टोलीका लागि यो प्रतियोगिता युवा विश्वकपको तयारीका रुपमा पनि छ । यो प्रतियोगिताको शीर्ष तीनमा रहने टीमले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न पाउने छन् । १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता आउँदो अक्टोबर १४ देखि २३ सम्म मलेसियामै हुँदैछ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो