Studio Time 21st June 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

आठ वर्ष ढिला भइसक्यो अब पनि ढिलो गर्नुहुन्न : खनाल

एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणका गर्न आठ वर्ष ढिला भैसकेकोले अब कुनै पनि बहानामा ढिला गर्न नहुने बताउनुभएको छ । संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिँदै खनालले बाधा अबरोधलाई पन्छाएर अब तत्काल संविधान घोषणा गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रलाई सुरक्षित भविष्य तर्फ अगाडि लैजान सबै शक्ति, समुदयले होसियारीका साथ अघि बढ्नु पर्ने खनालको भनाइ छ । संविधान विरोधीफर्त संकेटत गर्दै खनाललेभ भन्नुभयो, ‘पछाडी तान्ने तत्वहरु सक्रिय छन् । तिनिहरुबाट होसियारी अपनाएर अघि बढ्नु पर्छ ।’ वरिष्ठ नेता खनालले चुनौतीको घडीमा बुद्ध मन लिएर अघि बढे मात्र लक्ष्य पूरा गर्न सकिने उहाँको जिकिर छ । देशमा भएको हिंसात्मक आन्दोलनलाई शान्तिपूर्ण बनाउनु पर्ने उहाँको भनाई छ । विधेयकमाथिको छलफलभा भाग लिँदै खनालले भन्नुभयो ‘जनजाति, मधेसी, थारु, दलित मुस्लिम सबैको भवना सम्बोधन गर्ने अधिकतम प्रयास अझै गर्न सकिन्छ । तर आन्दोलन गर्ने समय होइन संविधान सभामा बसेर छलफल गरी टुङ्ग्याउनु पर्छ ।’ छलफलमा भाग लिँदै कांग्रेस सभासद प्रकाशशरण महतले संविधान बनाउने मस्यौदा विधेयकमा नमिलेका कुराहरु भएकाले त्यसलाई सच्याउनु पर्ने उल्लेख गर्नुभयो । महतले जातीयताका आधारमा प्रदेश खोजियो भने संघीयता असफल हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । एकीकृत माओवादीका सभासद जनार्दन शर्माले ठूलो मिहिनत गरेर संविधान निर्माणको अन्तिम घडीमा आइपुगेको उल्लेख गर्दै जनताका जायज आवाज सुन्नु पर्ने उल्लेख गर्नुभयो । माग सुन्ने भन्दैमा अतिवाद र आर्शिवादको पछि लाग्न नुहुने शर्माको भनाई छ । बुधबारदेखि सुरु भएको संविधानको विधेयकमाथिको छलफल शुक्रबार पनि बिहानैदेखि जारी छ । संविधानसभा सचिवालयका अनुसार शनिबार मात्र विधेयकमाथिको छलफल सकिने छ । छलफलपछि सात दिनको समय दिएर सभासदलाई संशोधन प्रस्ताव हाल्न लगाउने तयारी सचिवालयले गरेको छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो