Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

आन्दोलनलाई कमजोर नठान

 

हेटौंडा,११ भाद्र ः शुक्रबार संघीय समाजवादी फोरम नेपाल मकवानपुरले आयोजना गरेको बिरोधसभामा बोल्ने बक्ताहरुले अधिकार र पहिचानको आन्दोलनलाई कमजोर नठान्न आग्रह गरेको छ ।

केन्द्रले तयार पारेको आन्दोलनको खाका अनुसार मकवानपुरमा पनि र्याली सहितको बिरोधसभाको आयोजाना गरेको हो । र्याली पार्टी कार्यालय मानसचोकबाट सुरु भएर बुद्धचोकमा पुगेर कोणसभाा परिणत भएको थियो । संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेले बिरोधसभालाई सम्बोधन गर्नुहुदै पहिचान सहितको संघीयता प्राप्तीको आन्दोलनलाई सरकारसंग कमजोर नठान्न र आन्दोलनलाई दमन नगर्न चेतावनी दिनुभएको थियो । गोलेले आन्दोलनलाई दबाउन खोजे झनै ठुलो बिद्रोह हुने बताउनु भएको थियो । गोलेले हालसालै भएको थरुहटको आन्दोलनले टिकापुरमा निम्त्याएको घटना केही नेताहरुको अहंकार र दमनले गर्दा घटेको बताउनु भएको थियो ।  त्यसैगरी उक्त बिरोधसभालाई सम्बोधन गर्नुहुदै पार्टी निकट अग्रगामी विद्यार्थी युनियन मकवानपुरका अध्यक्ष शुभराज भोम्जनले  सरकारलाई अधिकारको आन्दोलनलाई ब्यंगात्मक रुपमा अझै दमन गर भन्दै मन्तब्य राख्नु भएको थियो । त्यसैगरी भोम्जनले नेपाली जनताले गरेको आन्दोलनलाई सत्ता पक्षले निस्तेज पार्न सकेको कुनै पनि ईतिहास नरहेकोले चारदललाई आफ्नो क्रुरताको बाटोलाई बदल्न आग्रह गर्नुभएको थियो । साथमा अध्यक्ष भोम्जनले  नेपाली जनताले उठाउदै आएको पहिचान,अधिकार,संघीयता,धर्मनिरपेक्षताको पक्षमा भएको आन्दोलनलाई उद्योगी,ब्यापारी,कलाकार,बुद्धिजिवीबर्ग,पत्रकार,शिक्षक,युवा तथा विद्यार्थी वर्गहरुलाई सहयोग गर्नको लागि आह्वान गर्नुभएको थियो । भोम्जनले आफ्नो मन्तब्य राख्दै आन्दोलनकारीहरुले कुनै नया कुरा नमागेको   तर अन्तरीम संविधान ०६३ लाई कार्यान्वायन र बिभिन्न समयमा भएको आन्दोलनमा भएको सम्झौताहरु कार्यान्वायन गर्नको लागि मात्र दवाब स्वरुप आन्दोलन गरेको स्पष्ट पार्नुभएको थियो ।  बिरोधसभामा पार्टीका बिभिन्न तह र तप्काका नेताकार्याकर्ताहरुको उपस्थिति रहेको थियो । 

More

रेडियो परिवार

More

नयाँ भिडियो