Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिका परिवारलाई ५० लाख र रोजगारी दिने घोषणा गर्ने मधेसी मोर्चाका नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले के भएको हो र निवेदनको माग बमोजित आदेश किन जारी नगर्ने भन्दै लिखित जवाफ मागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह मन्त्रालयलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत् र मधेसी मोर्चाका नेताहरुलाई आफैं वा आफ्नो कानूनी प्रतिनिधि मार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको छ । रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफलका लागि दुबै पक्षलाई भदौ १५ गतेका बोलाइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा सहादत प्राप्त गरे प्रान्तीय सरकार बनेपछि ५० लाख दिने घोषणा गरेको थियो । मोर्चाको यो निर्णय गैरकानुनी भए पनि सरकारले कुनै कारबाही नगरेको भन्दै अधिवक्ताद्वय अमृत खरेल र विश्वप्रकाश पौडेलले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो