Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर

UP Next....

नमस्ते निकास

संघीय गठबन्धन आबद्ध २४ दलको बैठक आज बस्दै ।।

 
संघीय गठबन्धन आबद्ध २४ दलको बैठक आज बस्दैछ । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ । काठमाण्डु केन्द्रित आन्दोलन सुरु भएको घोषणा गरेको गठबन्धनले आज कार्यक्रम तय गर्ने र त्यस अनुसार आन्दोलन सुरु गर्ने बताएको छ । ६ महिनासम्म मधेसमा शान्तिपूर्ण आन्दोलन गर्दा पनि काठमाण्डुको सत्ता प्रतिक्रिया विहीन भएको भन्दै अब राजधानीमै विस्तृत आन्दोलन गर्ने गरी आजको बैठकबाट खाका सार्वजनिक गरिने संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आउने हप्ताबाट नै आन्दोलन सुरु हुनेछ । गठबन्धनले सरकारको वार्ताका लागि २६ बुँदे माग अघि सारेको छ । गठबन्धनको बैठक आज बिहान ११ बजेपछि बोलाइएको छ । 

 

More

रेडियो परिवार

More

नयाँ भिडियो