Studio Time 17th January 2019, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

सामुदायिक खबर

UP Next....

नयाँ लोक गित

पोखरा कपमा आज धरान र दिल्लीबीच प्रतिस्पर्धा

 
पाँचौ पोखराकप फुटबल प्रतियोगितामा आज धरान र भारतबीचबीच खेल हुने भएको छ ।  पोखराकपमा आज धरान एफसी र दिल्ली एफसी भारतबीच प्रतिस्पर्धा हुनेछ । अब फाइनल प्रवेशका लागि पहिलो संस्करणको उपविजेता आर्मीले त्यो मध्येका विजेतासँग खेल्नु पर्नेछ । हिजोका खेलमा त्रिभुवन आर्मी क्लब पोखरामा जारी पाँचौ पोखराकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले थ्रीस्टारलाई पोखराको मैदानमा हराएको यो तेस्रोपटक हो । यसअघिको खेलमा जित हासिल गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् । एन्फा कास्कीद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो