Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

आज जनकपुर बन्द

 जनकपुर बमकाण्डका अभियोगमा थुनामा रहेका निलम्बीत सांसद सञ्जय शाहलाई झुठो मुद्दा लगाई फसाएको भन्दै मंगलबार जनकपुर बन्द गरेका छन् ।
शाहलाई सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकार भनेर जेल सजाय गरेको विरोधमा उनका समर्थक र सद्भावना पार्टीले बन्द गरेका हुन् ।
शाहलाई हत्याको मुख्य योजनाकारको रुपमा प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । शाह घटनाको उच्च स्तरीय छानविन गर्नुपर्ने माग राख्दै गएको चैत २३ गतेदेखि थुना भित्रै आमरण अनशनमा बसेका छन् ।
शाहकी श्रीमती रंगिलादेवी पनि गएको वैशाख २ गतेदेखि जनकपुरको जनकचोकमा अनशनमा बस्नुभएको छ ।उहाँहरुको स्वास्थ्य अवस्था बिग्रदै गएपनि सरकारले गम्भीरता नदेखाएको भन्दै सदभावना पार्टीले मंगलबार एक दिने जनकपुर बन्द आह्वान गरेको हो ।
अरुण सिंघानिया हत्याकाण्डमा शाहको संलग्नता नरहेको र प्रहरी प्रशासनले जवरजस्ती फसाउँन खोजेको सद्भावना पार्टीको ठहर छ । सद्भावनाले सूक्ष्म अनुसन्धानको लागि उच्च स्तरीय छानविनको माग गरेका छन् ।
बन्दले जनकपुरमा आंशिक प्रभाव परेको छ । बन्दको कारण जनकपुरको नीजि यातायात चलेपनि शिक्षण संस्था र सार्वजनिक यातायात बिहानैदेखि चलेका छैनन् । 
More

रेडियो परिवार

More

नयाँ भिडियो