Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

स्कुलबस दुर्घटना हुँदा १४ घाइते

त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेस्थित खानीखोला नजिकै सोमबार स्कुलबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ८१७२ नम्बरको ट्रकले विद्यार्थी बोकेर खानीखोलातर्फ आउँदै गरेको सुपब क्याटलिस्ट एकेडेमीको बसलाई ठक्कर दिँदा चालकसहित १३ जना विद्यार्थी घाइते भएका हुन् ।

गम्भीर घाइते हुनेमा थाक्रे गाविस– ९ का स्कुल बसका चालक अर्जुन हमाल रहेका छन् । चालक हमाल र एक जना विद्यार्थीलाई उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अन्य विद्यार्थीको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो