Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं/नेकपा माओवादी केन्द्रको बैठक सोमबार पनि बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेससँग मिलेर संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको माओवादी आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा छ ।तर सरकारबाट फिर्ता हुनेबारे एकलौटी निर्णय गरेको भन्दै नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका केही नेता असन्तुष्ट छन् । यस्तै संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनको बैठक पनि बस्दैछ ।आइतबारदेखि सुरु भएको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल केन्द्रित छ । आइतबारको बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई आफ्ना ११ बुँदे र २६ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गराएर सहयोग गर्नुपर्ने बताएका छन् ।

More

रेडियो परिवार

More

नयाँ भिडियो