Studio Time 17th January 2019, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नयाँ लोक गित

UP Next....

साझा खबर

बेलायतमा नयाँ प्रधानमन्त्री, नेपालीलार्इ देश निकालाको त्रास !

एजेन्सी्\युरोपियन यूनियन (ईयू) बाट बेलायतको बहिर्गमन पश्चात  बेलायत बसाई सरेका,  ईयू नागरिकसँग वैवाहिक  बन्धनमा बाँधिएका तथा बेलायती अध्यागमन उन्मुक्ति नपाइसकेका लाखौं ईयू नागरिक र उनीहरुका परिवार यतिबेला अन्योलमा छन्  ।

ईयूबाट बाहिरिएसँगै बसाई र रोजगारी संकट एकातिर छ भने बेलायतको प्रधानमन्त्रीमा आसिन टेरिसा मेको बिगतले  दिने त्रास पनि छ आप्रवासीहरुमा । डेभिड क्यामरन नेतृत्वको सरकारकामा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा उनले लाखौं आप्रवासीलाई विनाकारण फिर्ता पठाइदिएको हुँदा नयाँ प्रधानमन्त्रीको छवि पहिले नै आप्रवासीहरुवीच धमिलो बनिसकेको थियो ।

मे बेलायत ईयूबाट बाहिरिन हुन्न भन्ने पक्षमा थिइन् । तर, आप्रबासी बिरोधी मानिने नयाँ प्रधानमन्त्री टेरिसा मेले बेलायतमा बस्न पाउने वा नपाउने निर्णय ईयूसँगको ब्यापारिक वार्ताको टेबलमा ‘प्याकेज’को रुपमा राख्ने बताएपश्चात बेलायतमा बस्ने ईयू नागरिकहरु थप अनिश्चयमा छन् ।

यस्तो अनिश्चय र भयमा ईयू मात्र होइन, नेपालीसहित लाखौं आप्रवासीहरु पनि छन्, जसले युरोपेली युनियनका मुलुकको कानुनी आधारमा बेलायतमा बसोबास गरिरहेका छन् ।

स्पेन, पोर्चुगल, बेल्जियमजस्ता बिभिन्न ईयू देशहरुमा शरणार्थी निबेदन गरेर तथा अध्ययन, ब्यापारको  शिलशिलामा बिबिध प्रक्रिया पुरा गरेर सम्बन्धित देशका पासपोर्ट प्राप्त गरेर बेलायत प्रबेश गर्ने नेपालीको संख्या दशौं हजार भएको अनुमान छ ।

यसैगरी बेलायतमा बसोबास गर्ने  ईयू नागरिकहरुसँग  बैबाहिक सम्बन्ध गाँस्ने नेपालीहरुको संख्या पनि हजारौं भएको अनुमान गरिएको छ । ईयू पासपोर्टधारी नेपालीहरुमात्र होइन, ईयू नागरिकसँग लगन गाँठो कसेका  नेपालीहरु पनि  देश निकाला हुने त्राशमा रहेको देखिन्छ ।

बेलायती अध्यागमन नीतिमा अति कडाइ गरे पश्चात सयौं नेपालीहरु पोल्याण्ड, रोमानिया, स्पेन जस्ता बिभिन्न  देशका यूरोपियन नागरिकसँग वैवाहिक बन्धनमा बाँधिएकाले नेपालको ‘रोटि बेटीको सम्बन्ध’ रक्सौलसम्म मात्र नभई, रोमानियासम्म फैलिन पुगेको  छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो