Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

बूढो हुदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ ? भर्याङ र सिंडी चढ्नुस्

एजेन्सी/-एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्याङ सिंडी चढ्ने बानीबसाल्नु पर्ने देखाएको छ ।क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो ।कोन्कोर्डिया यूनिभर्सिटी अफ मोर्नट्रयलका अनुसन्धान प्रमुख ज्यासोन स्टेफ्नर भन्छन्, ‘मस्तिष्कको स्वास्थ्य र भर्याङ वा सिंढी चढ्ने जस्तो सममान्य क्रियाकलापमा यस्तो सम्वन्ध भेटिनु खुसीको कुरा हो ।’अनुसन्धानकर्ताले १९ देखि ७९ उमेर समूहका ३३१ स्वस्थ मानिसको मस्तिष्कको एम.आर.आई. (स्क्यान) गरेका थिए । सो क्रममा अध्ययन अध्यापनमा समय बिताउने र सिंडी तथा भर्याङको प्रयोग गर्ने व्यक्तिहरुको बौद्धिक क्षमता अन्यको भन्दा बढी रहेको अध्ययनले देखियो ।अध्ययन अध्यापनमा ध्यानदिने ब्यक्तिको मस्तिष्कको उमेर अन्यको भन्दा एक वर्ष कम देखियो । त्यसै गरी हरेक दिन कम्तिमा एक पटक सिंडी चढ्ने ब्यक्तिको मस्तिष्कको उमेर लिफ्ट/एलिभेटर प्रयोग गर्नेको भन्दा ६ महिना कम रहेको पाईयो । यो अध्ययन न्यूरो बायोलोजि अफ एजुकेसन मा प्रकाशित छ ।

      

More

रेडियो परिवार

More

नयाँ भिडियो