Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

प्रधानमन्त्रीलाई किसान नेताको पत्र : साझेदारी जीवनका लागि, मृत्युका लागि होइन

प्रधानमन्त्रीलाई किसान नेताको पत्र : साझेदारी जीवनका लागि, मृत्युका लागि होइन

समआदरणीय ओली कमरेड, 
हार्दिक अभिवादन ।

हुन त आजभोलि यहाँ सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । तथापि अल्पमतमा परिसकेको र संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको सरकारको रक्षा गर्ने नाममा यहाँ र यहाँका शुभचिन्तकहरुले पछिल्लो समय दिँदै आएका अभिव्यक्तिहरु, सरकारले प्रदर्शन गरिरहेका विभिन्न नग्न हर्कतहरु र यहाँले भविष्यमा सरकारको रक्षार्थ उठाउन सक्ने भनेर हल्ला चलाइएका विभिन्न कदमहरुको कारणले नेपाली जनताको मनमा भोलिको दिनमा यहाँ कत्तिको सम्माननीय रहनु हुनेछ ? त्यो त समयले देखाउँदै र लेखाउँदै जाला । अपितु तपाईँ मेरो र मजस्तै जनताको नजरमा सँधै सम्माननीय रहने कार्य गर्नु हुनेछ भन्ने ‘भद्र आशा’ व्यक्त गर्दै आफ्ना केही अनुभुतिहरु यहाँ समक्ष पस्कने प्रयत्न गरेको छु ।


डा. बाबुराम भट्टराईको भाषामा ‘नेपालको सत्ताको साँचो लिएर बसेकाहरु’ नै तपाईंका विरोधी हुँदा हुँदै पनि तपाईं सगर्व प्रधानमन्त्री बन्नु भयो ।


ओलि कमरेड,

पछिल्लो समय तपाईं र तपाईंका शुभचिन्तकहरुले पटक पटक दोहोराएको अभिव्यक्ति हो कि तपाईं राष्ट्रवादी भएको कारणले भारतले तपाईंलाई प्रधानमन्त्री बनाउन चाहँदैनथ्यो । जुन कुरा सतप्रतिशत सत्य हुँदाहुँदै पनि तपाईं प्रधानमन्त्री बन्नु भयो । तपाईंको पार्टीको बहुमत नभएको, तपाईं रोगी, कमजोर र अशक्त भएको, तपाईंलाई लामो समयदेखि भारतीय बिस्तारवादको दलाल भएको आरोप लागेको र संविधान बनेपश्चात शुशिल कोइरालाले राजिनामा दिई तपाईंलाई प्रधानमन्त्री बनाउने भद्र सहमति तोडेर क. प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भए पनि अन्त्यमा तपाईं प्रधानमन्त्री बन्नु भयो । होइन र ? डा. बाबुराम भट्टराईको भाषामा ‘नेपालको सत्ताको साँचो लिएर बसेकाहरु’ नै तपाईंका विरोधी हुँदा हुँदै पनि तपाईं सगर्व प्रधानमन्त्री बन्नु भयो ।

प्रचण्ड स्वयम्ले एउटा ठूलो त्रासदपूर्ण दस वर्षे गृहयुद्धलाई शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति र अमनचयन कायम गरेबापत आफैले आफैलाई युद्ध अपराधी सिद्ध गरेर फाँसीको फन्दामा पर्नलाई बनाएका होलान् तपाईंलाई प्रधानमन्त्री ? के थिए सरकार बनाउँदाका सहमति ?


 

ओलि कमरेड, तपाईंलाई कसले प्रधानमन्त्री बनाएको हो ? तपाईं किन र कसरी प्रधानमन्त्री बन्नु भएको हो ? यदि तपाईंले बिर्सेको भए हरेक नेपालीलाई सोध्नुस् न ? साम्राज्यवादका दलालहरु, भारतीय विस्तारवादका चाकरहरु, देशी विदेशी प्रतिक्रियावादीहरु र तिनका स्वदेशी गोटिहरु बाहेक सबैले एउटै उत्तर दिनेछन् ः तपाईलाई देशको प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बनाएका हुन् । उनको अभूतपूर्व साथ र सहयोग बिना तपाईं यो जुनीमा सजिलै प्रधानमन्त्री बन्न संभव थिएन । किनकि बिन लादेन हुन् वा केपी ओलि, साम्राज्यवाद÷विस्तारवादले आफ्नो औजारको रुपमा हुर्काएका मानिसहरुको आफैले अन्त्येष्टि गर्ने गरेको छ । इतिहासले यसको पुष्टि गरिसकेको छ ।

अनि ओलि कमरेड, के तपाईंले कहिल्यै हेक्का राख्नु भयोः तपाईंलाई माओवादी सुप्रिमो प्रचण्डले किन बनाएका होलान् प्रधानमन्त्री ? नेपाली भाषामा उखान टुक्काहरु लोप हुन लागेको देखेर तिनको संरक्षण गर्नलाई होला ? कि नेपालका चलचित्र क्षेत्रका मानिसहरुले राम्रा पटकथाहरु र हाँस्यव्यङ्गहरु कथ्न बिर्सेको हनाले त्यसको अभाव पूर्ति गर्नका लागि होला ? सत्ताको मातले रत्तिएर जे पायो त्यही बोलेर नेपाली जनतालाई अपमान गर्नलाई पो हो कि ? देशभित्रका समस्याहरु समाधान नगरेर देशलाई बिखण्डनतर्फ धकेल्नलाई होला कि ? कि तपाईंका केही आसेपासेलाई २–४ दिनको ज्यालादारी दिलाउन होला ? कि प्रचण्ड स्वयम्ले एउटा ठूलो त्रासदपूर्ण दस वर्षे गृहयुद्धलाई शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति र अमनचयन कायम गरेबापत आफैले आफैलाई युद्ध अपराधी सिद्ध गरेर फाँसीको फन्दामा पर्नलाई बनाएका होलान् तपाईंलाई प्रधानमन्त्री ? के थिए सरकार बनाउँदाका सहमति ? अनि तपाईंले चाहिँ के गर्नु भयो ? तपाईंको मस्तिष्क क्षमताले नभ्याए नेपाली जनतालाई सोध्नुस् न ? प्रस्ट जवाफ आउँछ ।

मलाई लाग्छ, ओलि कमरेड, तपाईंलाई माओवादी सुप्रिमो प्रचण्डले केही महत्त्वपूर्ण र ऐतिहासिक कामहरु गर्नका लागि प्रधानमन्त्री बनाएका थिए, जसलाई मैले निम्नानुसार सुत्रवद्ध गर्ने यत्न गरेको छु ।

तपाइँको जिम्मामा आएको पहिलो काम थियो- नयाँ संविधानको शिघ्राती शीघ्र कार्यान्वयन ।

तपाईंले नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त नयाँ संविधानका जनपक्षीय एजेण्डाहरुलाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने ऐन, नियम, कानून र संरचनाहरु बनाउन अग्रसर बन्नु पथ्र्यो । राज्य पुनसंरचनाको कार्यान्वयनका लागि अगाडि बढ्नु पथ्र्यो । संघीयताको कार्यान्वयन गर्नका लागि संविधानमा व्यवस्था भए बमोजिम नामांकन र सिमांकनका लागि निकायहरु बनाउँदै र सहमति निर्माण गर्दै जानु पथ्र्यो । संसद बाहिर रहेका र संसदभित्र भएर पनि नयाँ संविधानप्रति असन्तुष्ट भएका दलहरुलाई सहमतिमा ल्याउन प्रयत्न गर्नुपथ्र्यो । तपाईंले त्यस्तो कुनै काम गर्नु भएन ।तपाईंले त उल्टो संघीयताकै विरोध गर्न थाल्नु भयो । धर्म निरपेक्षताको विरुद्ध षड्यन्त्र गर्न थाल्नु भयो । कर्मचारीतन्त्र र न्यायालयमा हस्तक्षेप गर्न थाल्नु भयो । संविधान कार्यान्वयनको माग गर्ने जनतालाई गालि गलौज गर्न थाल्नु भयो । तपाईंले आफुलाई भगवानले बनाईदिएको यस्तो प्रधानमन्त्री ठान्ने भुल गर्नुभयो जसले केही काम गर्नु पर्दैन, फाल्तु गफ र सत्ताको आनन्दभोग गरे मात्रै पुग्छ । परिणामतः तपाईंको सरकार बनाउन दिलोज्यानले साथ दिनेहरुले नै यो सरकार ढाल्ने अप्रिय निर्णय गर्नु पर्यो ।

तपाईंले नेपालको आत्मनिर्णयको अधिकारमा हस्तक्षेप गर्ने भारतीय बिस्तारवादसँग जुध्ने म्याण्डेट पाउनु भएको थियो, आफ्नो देशका जनतालाई अपमान गर्ने, तिनलाई बिखण्डनकारी युद्धतिर उस्काउने र देशलाई विखण्डनको खाडलतिर धकेल्ने जिम्मा पाउनु भएको थिएन ।


 

दोस्रो काम थियो- आन्दोलनरत मधेसवादी दलहरु, मधेसी तथा आदिवासी–जनजाति जनताका मागहरुलाई सम्बोधन गरेर संभावित विखण्डनकारी युद्ध वा विद्रोहको स्थिति निम्तिनबाट रोक्न पहल गर्नु पथ्र्यो । तपाईंले यस दिशामा पनि कुनै पहल गर्नु भएन । जनताको आन्दोलनलाई आन्दोलन नदेख्ने, क्रुरतापूर्वक दमन गर्ने, वार्ताको पहल नगर्ने र वार्तामा आएका आन्दोलनकारीहरुलाई अपमानित गर्ने काम गर्नुभयो । हजारौँ मधेसी जनताले शान्तिपूर्ण संघर्षको एउटा रुपमा निर्माण गरेको ‘मानव साङ्लो’लाई ‘माखे साङ्लो’ भन्ने सम्मको निच र घटिया हर्कत देखाउनु भयो । तपाईंको कार्यशैलीको विरोध गर्ने बुद्धिजीवीहरुलाई ‘कोट काट्ने मुसा’ भन्न थाल्नु भयो ।

माओवादीले लिएका मन्त्रालयका अधिकांस कामहरु ती मन्त्रालयमा भएका तपाईंको पार्टीका नन्दीभृंगिहरुले नै रोके । जुन कामहरु त्यहाँबाट अगाडि बढे, ती सबैलाई कानून मन्त्रालय, अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगबाट रोक्ने काम भयो । परिणामतः यो सरकारले जनताले अनुभुति गर्ने गरी कुनै काम देखाउन सकेन ।


 

 

एउटा प्रधानमन्त्रीको कुर्सीमा बसेको मानिसले आफ्नो देशका जनतालाई ‘माखा’ र आलोचक बुद्धिजीवीहरुलाई ‘मुसा’ देख्नु भनेको सत्ता–अहंकारको पराकाष्ठा हो । तपाईंले नेपालको आत्मनिर्णयको अधिकारमा हस्तक्षेप गर्ने भारतीय बिस्तारवादसँग जुध्ने म्याण्डेट पाउनु भएको थियो, आफ्नो देशका जनतालाई अपमान गर्ने, तिनलाई बिखण्डनकारी युद्धतिर उस्काउने र देशलाई विखण्डनको खाडलतिर धकेल्ने जिम्मा पाउनु भएको थिएन । भारतीय विस्तारवाद र नेपालका मधेसी तथा आदिवासी–जनजाति जनताका मागहरु दुई पृथक विषयहरु थिए । जसलाई छुट्याउने गुण र क्षमता तपाईंमा थिएन । यसमा तपाईं र तपाईंको नेतृत्व पूर्ण रुपमा चुक्यो ।

तेस्रो तपाईंको जिम्मामा आएको काम- तत्कालीन रुपमा जनताको जीविकालाई सहज बनाउने र दीर्घकालीन रुपमा देशको समृद्धिको खाका कोर्ने थियो । त्यसका लागि उत्पीडित जनताको दैनन्दिनीलाई सहयोग र सहायता पुराउनु पथ्र्यो । देशलाई समृद्धिको दिशातिर लम्काउन प्रयत्न गर्नु पथ्र्यो । तर देशको विकास र समृद्धिको दिशामा तपाईंको नेतृत्वमा कुनै काम वा अग्रसरता लिनु भएन । तपाईंको पार्टीले लिएका कुनै पनि मन्त्रालयले ढलेको सिन्को भाँचेनन् भने माओवादीले लिएका मन्त्रालयहरुलाई तपाईंहरुले कुनै काम गर्न दिनु भएन ।

तपाईंको पार्टीले लिएका मन्त्रालयहरुमा तिनका नेतृत्वकर्ताहरु ‘आफ्नो आर्थिक समृद्धि मार्फत देशको आर्थिक समृद्धि ल्याउने’ काममा व्यस्त थिए । त्यसबाट बचेको समयमा तिनलाई तपाईंका मुखारविन्दबाट निस्कने पवित्र उखान टुक्का सुन्दासुन्दै र तिनको वर्णन गर्दागर्दै फुर्सद थिएन ।


 

माओवादीले लिएका मन्त्रालयका अधिकांस कामहरु ती मन्त्रालयमा भएका तपाईंको पार्टीका नन्दीभृंगिहरुले नै रोके । जुन कामहरु त्यहाँबाट अगाडि बढे, ती सबैलाई कानून मन्त्रालय, अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगबाट रोक्ने काम भयो । परिणामतः यो सरकारले जनताले अनुभुति गर्ने गरी कुनै काम देखाउन सकेन । तपाईंको पार्टीले लिएका मन्त्रालयहरुमा तिनका नेतृत्वकर्ताहरु ‘आफ्नो आर्थिक समृद्धि मार्फत देशको आर्थिक समृद्धि ल्याउने’ काममा व्यस्त थिए । त्यसबाट बचेको समयमा तिनलाई तपाईंका मुखारविन्दबाट निस्कने पवित्र उखान टुक्का सुन्दासुन्दै र तिनको वर्णन गर्दागर्दै फुर्सद थिएन । कम्तिमा माओवादीको भागमा परेका मन्त्रालयलाई राम्ररी काम गर्न दिएको भए तिनको काम र सफलताको जस सरकार प्रमुखको रुपमा तपाईलाई जाने थियो । तर तिनलाई असफल पार्दा सरकारको नेतृत्वकर्ताको रुपमा तपाईं असफल हुनु भयो । यु आर टोटल्ली फेल्ड, मिस्टर ओलि ।

चौथो- नेपालको सन्तुलित कुटनीति मार्फत राष्ट्रिय सार्वभौमसत्ताको रक्षा

व्यापार तथा पारबाहन सन्धि, पोखरामा विमानस्थल निर्माण, पाँचखालसम्म रेल ल्याउने र लुम्बिनीसम्म रेलवे जोड्ने प्रस्ताव, सिल्क रोड लगायतका प्रस्तावहरु त धेरै पहिलादेखि अर्थात् माओवादी अध्यक्ष प्रचण्डको प्रथम चिन भ्रमणदेखि नै अगाडि बढेका कार्यहरु थिए । तपाईं आफैले चिनसँग के कुरा गर्नु भयो ? केही गर्नु भयो ? छैन ।


 

तपाईंले कहिले भारतसँग रिसिबी साँध्नलाई ‘चाइना कार्ड’ खेल्न खोज्नु भयो भने कहिले भारतीय बिस्तारवादलाई खुसी पार्नका लागि त्यसको चुक्लि र चाकरी गर्नुभयो । जब देश क्रुर नाकावन्दीको शिकार बनिरहेको थियो, तपाईंले चिनतिरको नाका खोल्ने कुनै प्रयत्न गर्नु भएन । चिन भ्रमणको क्रममा भएका केही उपलब्धिको एकलौटी जस लिन खोज्नु भयो । व्यापार तथा पारबाहन सन्धि, पोखरामा विमानस्थल निर्माण, पाँचखालसम्म रेल ल्याउने र लुम्बिनीसम्म रेलवे जोड्ने प्रस्ताव, सिल्क रोड लगायतका प्रस्तावहरु त धेरै पहिलादेखि अर्थात् माओवादी अध्यक्ष प्रचण्डको प्रथम चिन भ्रमणदेखि नै अगाडि बढेका कार्यहरु थिए । तपाईं आफैले चिनसँग के कुरा गर्नु भयो ? केही गर्नु भयो ? छैन ।

तपाईंले कहिल्यै भारतीय बिस्तारवादको खुलेआम विरोध गर्नु भयो ? तपाईले कहिल्यै भारतको विस्तारवादी चरित्रका कारण देशको सार्वभौमसत्ता र नेपाली जनताको जीवनमा पारेको प्रभावको विरोध गर्नु भयो ? कहिल्यै लिपु लेक नेपालको हो भनेर चिन र भारतसँग बोल्न सक्नु भयो ? सुस्ता लगायतका ठाउँहरुमा भएको सिमा अतिक्रमणको विषयमा बोल्नु भयो ? बरु बिगतमा महाकाली जस्तै यसपटक माथिल्लो कर्णाली भारतलाई सुम्पनु भयो । ठिकै छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तो सिधा सिधा कुरा गर्ने तपाईंको आँट र हैसियत छैन, हामीलाई थाहा छ ।

तर घुमाउरो भाषामै भए पनि कहिल्यै भारतीय बिस्तारवादको विरोध गरेको थाहा पाइएन । बरु पटक पटक विभिन्न प्रियजनहरुलाई दृश्य वा अदृश्य रुपमा भारतीय नेताहरुलाई रिझाउनका लागि भारत पठाउनु भयो । भारतीय बिस्तारवादको खुसामद गर्नुभयो । त्यसलाई कुटनीतिक रुप दिन र आफ्ना एकजना विश्वास पात्रलाई राजदूत बनाएर पठाउन भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायलाई न्यूनतम् राजनीतिक संस्कार समेत तोडेर फिर्ता बोलाउनु भयो । भित्रभित्रै भारतीय बिस्तारवादसँगको सम्बन्धलाई कायमै राख्नु भयो । त्यसैले तपाईले ‘मृगको छाला ओडेर मृगिणीको शिकार गर्ने’ ब्वाँसोले जस्तै मण्डले राष्ट्रवादको फरिया ओडेर निरन्तर राष्ट्रघात गर्नुभयो ।

पाँचौ, तपाईंले भूकम्पबाट प्रभावित भएका जनतालाई राहत दिने र पूनर्निर्माणको कामलाई तिब्रतापूर्वक अगाडि बढाउनु पथ्र्यो । तपाईंले यो दिशामा कुनै पहलकद्मी लिनु भएन । आर्थिक प्रलोभनमा परेर विकास निर्माण सम्बन्धि कुनै ज्ञान र अनुभव नभएका एक जना बैंकरलाई सडकबाट टपक्क टिपेर थपक्क प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मा दिनु भयो । त्यसबाट तपाईंको घर र पार्टीको आर्थिक कोषमा त ठूलो मद्दत पुगे होला तर जनताले भूकम्प गएको एक वर्ष पुग्दा समेत राहतको कुनै रकम वा अन्य सेवा÷सुविधा प्राप्त गर्न सकेनन् । पूरै एक वर्षसम्म । यो कुनै मजाकको विषय होइन, तितो यथार्थ हो । जनताका घरगोठ भत्किएका थिए, तिनको असुरक्षित टहरा र पालमुनिको बास थियो । तिनका अन्नपात पुरिएका थिए । आफन्तहरु मरेका वा घाइते र अपांग भएका थिए । गाई, भैँसी, कुखुरा, भेडा, बाख्रा लगायतका आम्दानी र पोषणको स्रोतको रुपमा रहेका पशुपंक्षीहरु मरेका थिए । बिउबिजनहरु बिग्रेका, पुरिएका र सडेका थिए । कूलो र नहरहरु भत्केका थिए । भूकम्पले जनताको जीवन नर्कतुल्य भएको थियो ।

तपाईं र तपार्इँले छानेका गलत मानिसको हर्कतले आज पनि भूकम्पपीडित जनताले राहतको अनुभव गर्न पाएनन्, सरकारको उपस्थितिको महशुस गर्न पाएनन् ।

तर यसले न तपाइँलाई फरक पार्यो, न त तपाईका प्राधिकरण प्रमुखलाई । खुकुरीको चोट त अचाइनोलाई पो थाहा हुन्छ, वैधानिक सुद्खोरीको धन्दा गर्ने बैंकरलाई के थाहा ? तपाईं र तपार्इँले छानेका गलत मानिसको हर्कतले आज पनि भूकम्पपीडित जनताले राहतको अनुभव गर्न पाएनन्, सरकारको उपस्थितिको महशुस गर्न पाएनन् । तपाईंहरुको कारणले तिनको जीवन आज पनि नर्कतुल्य नै छ । भूकम्प पीडित जनतालाई कबूल गरेको राहतको रकम समेत दिन नसक्ने तपाईं जस्ता हुतिहाराले जनतालाई पानीजहाजका सपना देखाएर उल्लु बनाउनुको केही अर्थ छ ? यो त ‘उसै त मुसुरी कस्ती, त्यसमाथि हिंगले झानेकी’ भनेजस्तो भएन र कमरेड ?

छैठौँ, बाम गठबन्धनको सुदृढीकरण । यद्यपि तपाईंको नेतृत्वको सरकार पूर्ण रुपमा बामगठबन्धनको सरकार थिएन । फेरि पनि बाम गठबन्धनको त कुरै छोडौँ, तपाईंले त गठबन्धनको न्यूनतम् संस्कार र संस्कृति पनि देखाउन सक्नु भएन । तपाईले माओवादीले लिएका मन्त्रालयहरुलाई योजनावद्ध रुपमा क्रुरतापूर्वक टुक्राइदिनु भयो । राष्ट्पति चुरे संरक्षण कार्यक्रमको प्रमुखमा विभागीय मन्त्रीको रुपमा वन मन्त्रीले क्याविनेटमा लगेको प्रस्तावलाई पटक पटक तुहाएर आफ्नो मान्छे त्यसको प्रमुख बनाउनु भयो । त्यसबापत तपाईंले केही करोड रुपैयाँ त कमाउनु भयो होला, तर कमरेड, सामान्यतया राजनीतिक नियुक्तिहरु गर्दा कुनै पनि मन्त्रालय अन्तरगतका संरचनाहरुमा त सम्बन्धित विभागीय मन्त्रीको माग अनुसार निर्णय हुने गर्छ । के यत्ति पनि तपाईंलाई कसैले भनेनन् ? तपाईंले किसान विरोधी कामहरु गर्नु भयो ।

किसान पेन्सन ल्याउन दिनु भएन, किसान पेन्सन कोष बनाउन दिनु भएन । त्यो सफल भएको भए ६० वर्ष उमेर पुगेका हरेक किसानहरुले मासिक रुपमा २०००–३००० रुपैयाँ किसान पेन्सन पाउँथे भने किसान पेन्सन कोषमा खरबौँ रुपैयाँ जम्मा हुन्थ्यो जसबाट स्वदेशी लगानीको ढोका खुल्ने थियो ।

कृषि विकास मन्त्रालयले नियुक्ति गर्न खोजेको १५०० कृषि प्राविधिकहरुको नियुक्ति रोक्नु भयो र ठूलो संघर्षपछि बल्लबल्ल ५०० को अनुमति दिनुभयो जबकि त्यो अघिल्लो सरकारकै निर्णय थियो र बजेट समेत छुट्टिई सकेको थियो । त्यसको प्रभाव पशुपन्छी मन्त्रालयमा समेत पर्यो । किसान पेन्सन ल्याउन दिनु भएन, किसान पेन्सन कोष बनाउन दिनु भएन । त्यो सफल भएको भए ६० वर्ष उमेर पुगेका हरेक किसानहरुले मासिक रुपमा २०००–३००० रुपैयाँ किसान पेन्सन पाउँथे भने किसान पेन्सन कोषमा खरबौँ रुपैयाँ जम्मा हुन्थ्यो जसबाट स्वदेशी लगानीको ढोका खुल्ने थियो । क. प्रचण्डको प्रस्ताव अनुसार बृद्ध भत्ता बढाउने निर्णय अन्तिममा मात्र स्विकार गर्नुभयो तर एक्लै जस लिन खोज्नुभयो ।

राष्ट्रिय किसान आयेग गठन गर्ने कुरामा बाधक बन्नु भयो । ४ सिट भएको नेकपा (संयुक्त)लाई गठबन्धनबाट बलजफ्ती बाहिर धकेलेर घोषित क्रिश्चियन मिसनरी एकनाथ ढकालको १ सिटे पार्टीलाई साथ लिएर मन्त्री बनाउनु भयो । अनि अहिले आएर तपाईं र तपाईंका प्रियजनहरुलाई बामगठबन्धनको रोइलो काड्न लाज लाग्दैन । भद्र सहमति अनुरुप तपाईंले राजीनामा गरेर क. प्रचण्डको नेतृत्वमा पूर्ववतः गठबन्धनलाई अगाडि बढाउने निर्णयमा तपाईं इमानदार भएको भए यसले निरन्तरता पाउँथ्यो । तर तपाईंको पैसामोह, कुर्सीमोह तथा पदललोलुपताले त्यसो गर्न दिएन र यो गठबन्धन तपाईं स्वयम्ले भत्काउनु भयो । यसलाई बलियो बनाउन प्रयत्न गर्नुको साटो गठबन्धनको सबैभन्दा ठूलो दल र त्यसका नेताहरुलाई अपमानित गर्ने काम गर्नुभयो । भस्मासुर प्रबृति देखाउँदै माओवादीलाई पटक पटक ‘सरकारमा बस्ने कि छोड्ने, छिटो निर्णय गर्नुस्’ भनेर धम्काउने प्रयत्न गर्नुभयो ।

दस वर्ष महान् जनयुद्ध लडेर आएका र सैन्य नेतृत्व समेत आफैले गरिरहेका राजा ज्ञानेन्द्रलाई सत्ताच्युत गराएर नागार्जुनको जङ्गलवास गराउन सफल भएका माओवादी नेताहरु तपाईंजस्तो कमजोर र विरामी नेताको धम्किले किन डराउँथे र, कमरेड ? त्यसैले यो गठबन्धन तपाईंले टुटाउनु भएको हो, प्रचण्ड वा अरु कुनै बाह्य कारणले होइन ।

मानवअधिकारको नक्कली धन्दा गर्ने साम्राज्यवादका एजेण्टहरु र तिनको इशारामा चल्ने तपाईंको पार्टीका लठैतहरुले छानि छानि तपाईंको सत्ता साझेदार दलका नेता र कार्यकर्ताहरुलाई फसाउनका लागि मुद्दाहरु दर्ता गरिरहेका थिए ।

सातौँ, शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुराउने काम पनि तपाईंको काँधमा थियो । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुराउने भनेको के हो ? तपाईंले बुझ्नु भएन । त्यो भनेको देशमा दस वर्षसम्म चलेको सशस्त्र द्धन्द्धको घाउलाई पुर्ने काम थियो । महान् जनयुद्धका सहिद तथा वेपत्ता परिवार र घाइतेहरुलाई राज्यले गरेका प्रतिवद्धताहरु पुरा गर्नु थियो । युद्धबाट प्रभावित जनतालाई त्यसको प्रभावबाट मुक्ति दिँदै नयाँ युद्धको सुरुवात नहोस् भनेर बातावरण बनाउनु थियो ।

तपाईंले त्यसको ठिक विपरित काम गर्नुभयो । मानवअधिकारको नक्कली धन्दा गर्ने साम्राज्यवादका एजेण्टहरु र तिनको इशारामा चल्ने तपाईंको पार्टीका लठैतहरुले छानि छानि तपाईंको सत्ता साझेदार दलका नेता र कार्यकर्ताहरुलाई फसाउनका लागि मुद्दाहरु दर्ता गरिरहेका थिए । तिनले युद्धबाट प्रभावित मासिहरुलाई उकासिरहेका थिए । तिनले भारतीय बिस्तारवादसँग जुधेर जसले तपाईंलाई प्रधानमन्त्री बनायो, तिनै प्रचण्ड र उनका कार्यकर्ताहरुको चिहान खन्दै थिए । हरेक ‘अन्न खाने मान्छे’ले भन्छ ः यस्तो अवस्थामा प्रचण्डको ठाउँमा जो भएको भए पनि त्यही गथ्र्यो, जे प्रचण्डले गरे । के तपाईंकी जीवन साझेदार पत्नीले दिनभरी तपाईँको टाउको मुसार्ने र मिठो प्रेमको नाटक गर्ने तर तपाईंलाई बिस्तारै मार्नका लागि सँधै रातिको खानामा मुसाको बिख मिसाएर ख्वाउने गरेको थाहा पाए तपाईंले के गर्नु हुन्छ ? सत्तामा होस् वा दैनिक जीवनमा, साझेदारी जीवनका लागि गरिन्छ, मृत्युका लागि होइन ।

उखानविज्ञ तपाइँलाई थाहै छः यतिबेलासम्म ‘किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ मात्रै भएको छ । यी आफ्ना गल्ति कमजोरीहरुलाई मूल्यांकन गर्नुस् र स्विकार गर्नुस् । तिनलाई सच्चाउने र आगामी दिनमा नदोहोराउने प्रण गर्नुस् । प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न इमानदार हुनोस् । त्यसको साटो आर्थिक लाभका पदमा तपाईंले नियुक्त गरेका केही राजनीतिक ज्यालेदारहरुले आफ्नो जागिर थप एक–दुई महिना लम्बाउनका लागि दिएका गलत सल्लाह र सुझाबहरुबाट मख्ख पर्दै ‘संविधानमा मलाई मात्रै प्रधानमन्त्री बनाउने व्यवस्था छ’, ‘मैले संसद विघटन गर्छु’, ‘अब चिनियाँ राष्ट्रपतिको भ्रमण रोकिदिन्छु’, ‘मेरो सरकार बहुमतमै छ’ भन्ने जस्ता कच्चा अभिव्यक्ति दिँदै मनपरी पैसा बाँड्ने र सोहोर्ने गर्दै जान थाल्नु भयो भने ‘किन चाउरी परिस् मरिच, आफ्नै रागले’ हुन बेर लाग्दैन । किनकि भिरबाट लड्ने गाईलाई राम राम भन्ने धेरै हुन्छन्, काँध थाप्ने कोही हुँदैनन् ।

पत्रको अन्त्यमा

म एउटा शुभचिन्तकको रुपमा ओलि कमरेडलाई विनम्र अनुरोध गर्न चाहन्छु कि सरकार स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा अनाथाश्रमका बालबालिका सहित ४०–५० जना फेसबुके ठिटाठिटी उचालेर माइतीघरमा ‘ओलिजात्रा’ प्रहशन गर्दैमा तपाईंको सरकार बँच्दैन । न त यसलाई कुनै राजावादी मण्डले, हिन्दूवादी कुण्डले र संघीयता विरोधी वामपुड्केहरुले नै जोगाउन सक्छन् । तपाईंलाई अनैतिक तरिकाले बचाउन खोजे राष्ट्रपति स्वयम्को इज्जतहरण त हुनेछ नै, बरु ‘भुईंको प्रधानमन्त्री’ टिप्न खोज्दा ‘गोजिको राष्ट्रपति’ गुमाउने आत्मघाती अवस्था आउन सक्छ ।

‘हरुवा गोरुको छेरुवा दाउ’ भनेजस्तै तपाईँले माओवादी अध्यक्ष प्रचण्ड र उनको पार्टीको विरुद्धमा खेलेका सबै दाउ असफल भइसकेका छन् । प्रचण्ड स्वयम्लाई अन्तिममा प्रधानमन्त्रीको प्रस्ताव गरेर यहाँले प्रचण्डमाथि लगाएका सबै आरोपहरुको खारेजी गरिसक्नु भएको छ । आफैले ‘भारतीय बिस्तारवादको एजेण्ट’ घोषित गरेका शेर बहादुर देउवा र रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको प्रस्ताव गरेर तपाईं नाङ्गिई सक्नु भएको छ । त्यसैले थप बेइज्जतिपूर्ण धक्का खानु अगाडि आफ्नो बिरामी जिउ र बचेखुचेको इज्जत जोगाउँदै आफ्नो टोलि लिएर बालुवाटार छोड्दा राम्रो हुनेछ । अन्यथा ‘लातोँके भूत बातोँसे नही मानते’ भन्ने कुरा पनि प्रचण्डलाई राम्ररी थाहा छ र उनको ‘पेनाल्टी कीक’ सँधै अचूक रहने गरेको छ । आगे यहाँकै मर्जी ।

हार्दिक अभिवादन तथा शीर्घ मानसिक एवम् शारीरिक सुस्वास्थ्यको कामना सहित ।
यहाँको शुभचिन्तक

नहेन्द्र खड्का

(ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी भएको बेला कृषि विकास मन्त्रालयमा तत्कालिन मन्त्रीका सहयोगीका रुपमा कार्यरत लेखक नगेन्द्र खड्का किसान नेता हुन ।)

More

रेडियो परिवार

More

नयाँ भिडियो