Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

रजनिकान्तको नयाँ जादु, प्रशंसक उत्साहित, हलमा लाग्नुअघि २ सय करोड (ट्रेलरसहित)

 

यतिबेला कला प्रशंसकको मुखमा झुण्डिएको शब्द हो, कबाली । दक्षिण भारतीय चलचित्रका सुपर स्टार रजनिकान्तको जादु शुक्रबारदेखि फिल्म हलहरुमा देखिएको छ । कबाली प्रतिक्षा गरिरहेका सबै फ्यानहरु उत्साहित भएका छन् । रजनिकान्तको नयाँ चलचित्र कबालीलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएपछि भारत तथा विश्वभर रहेका रजनिकान्तका फ्यान खुसी भएका हुन् । दक्षिण भारतमा भगवानकै रुपमा स्वीकारिएका रजनिकान्तको चलचित्र कबाली शुक्रबार बाट प्रदर्शनमा आएको छ । तमिल, तेलुगु र हिन्दी भाषामा बनेको कबाली विश्वभर झण्डै चार हजार स्क्रिनमा एक साथ प्रदर्शनमा आएको हो ।

प्रदर्शनमा आउनु अघि नै दुई सय करोड

दुई घण्टा ३२ मिनेट लामो चलचित्रले प्रदर्शन अघिनै झण्डै दुई सय २३ करोड भारु कमाइ गरेको छ । प्रदर्शन अधिकार, म्युजिक तथा स्याटेलाइट अधिकार बिक्रीबाट कबालीले दुई सय २३ करोड रुपैयाँभन्दा धेरै कमाइ गरेको हो । कबालीको तमिलनाडु प्रदर्शन अधिकारबाट ६८ करोड, आन्ध्रप्रदेश प्रदर्शन अधिकारबाट ३२ करोड, केरला प्रदर्शन अधिकारबाट सात करोड ५० लाख, करनाटक प्रदर्शन अधिकारबाट १० करोड, उत्तर भारत प्रदर्शन अधिकारबाट १५ करोड ५० लाख, मलेसिया प्रदर्शन अधिकारबाट १० करोड, अमेरिका तथा क्यानडा प्रदर्शन अधिकारबाट ८ करोड ५० लाख, अन्य ओभरसिज अधिकारबाट १६ करोड ५० लाख, स्याटेलाइट तथा म्युजिक अधिकारबाट ४० करोड र अन्यबाट १० देखि १५ करोड भारु कमाइ गर्ने पक्का भएको हो । निर्माता चलचित्रले समग्रमा पाँच सय करोड भारु कमाइ गरेको हो । 

ठूला कम्पनीको प्रायोजन

कबालीलाई विभिन्न ठूला व्यवसायिक कम्पनीले प्रायोजन गरेका छन् । एयर एसिया, एयरटेल, क्याडबरी, फाइप स्टार, मुथुट फिनक्रप, अमेजन, इमामी, सिजे साबुन र पिभिआर सिमान रजनीकान्तको चलचित्र कबालीसँग व्यवसायिक रुपमा जोडिइसेकेका छन् । 

प्रदर्शनका बेला रजनीकान्त भारत बाहिर अहिले अमेरिकामा बिदा मनाइ रहेका छन् । उनी कबाली प्रदर्शनका बेला भारतमा नहुने चलचित्र निर्माताले स्पष्ट पारेका छन् । तर उनी फर्किएपछि एक भव्य कार्यक्रम गरेर चलचित्रको सफलता पार्टी गरिने निर्माता कलाइपुली एस थनुले बताए । चलचित्र पा. रञ्जितको निर्देशनमा बनेको हो ।  

 

More

रेडियो परिवार

More

नयाँ भिडियो