Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

सलमानको सुल्तानले आमिरको पिकेलाई पछि पार्ला त ?

 

सलमान खानको चलचित्र सुल्तानले पाँच सय करोड भारु कमाइ गरेको छ । प्रदर्शनमा आएको १२ दिन भित्रै सलमानको सुल्तानले समग्रमा पाँच सय करोडको व्यापार गरेको हो । योसँगै सुल्तान बढी कमाइ गर्ने भारतीय चलचित्रको सूचीमा पाँचौं स्थानमा पुगेको छ । बढी कमाइ गर्ने चलचित्रको सूचीमा पहिलो नम्बरमा सात सय ९२ करोड भारु कमाइ गरेको आमिर खानको पिके छ ।यस्तै ६ सय २६ करोड कमाएको सलमानको बजरंगी भाइजान दोस्रो, ६ सय करोड कमाएको बाहुबली तेस्रो तथा पाँच सय ४२ करोड कमाइ गरेको धुम थ्री चौथो नम्बरमा छ ।सुल्तान हेर्न हलसम्म जाने दर्शक नघटेका कारण यसले सूचीमा रहेका बाँकी चलचित्रलाई पछि पार्ने विश्लेषकले बताएका छन् ।

सुल्तानले अरु चलचित्रको कीर्तिमान तोडे पनि पिकेको कीर्तिमान तोड्न भने कठिन रहने चलचित्रका व्यापार विश्लेषकले बताएका छन् । 

 

More

रेडियो परिवार

More

नयाँ भिडियो