Studio Time 20th July 2018, Friday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

आयो दीपिकाको हलिउड फिल्मको ट्रेलर

 

बलिउड नायिका दीपिका पादुकोणको हलिउड फिल्म ‘एक्सएक्सएक्स दि रिटर्न अफ जेण्डर केज’ को ट्रेलर रिलिज भएको छ ।लामो समयदेखि यो फिल्मको चर्चा भारतमा हुँदै आएको थियो । यसै फिल्मवाट दीपिका पादुकोण हलिउडमा प्रवेश गरेकी छिन् ।

फिल्ममा दीपिकाको भुमिका सामान्य छैन । हलिउड नायक विन डिजलकै हाराहारीमा देखिएकी छिन् । दीपिकाले एक्सनको दृष्य समेत कुशलता पूर्वका निर्वाह गरेको चर्चा छ ।

यो फिल्म निर्माण सन २००२ मा सुरु भएको थियो । अहिले बनेको फिल्मको तेस्रो श्रृङ्खला हो ।फिल्मको टे्रलर ट्वीटरवाट सार्वजनिक गर्दै दीपिकाले लेखेकी छिन् ‘बन्दुके युवति र दुनियाको विनास । जेण्डर केजको पहिलो ट्रेलर आयो’ । यो फिल्म भारतमा २० जनावरी २०१७ मा प्रदर्शन हुने भएको छ ।

 

More

रेडियो परिवार

More

नयाँ भिडियो