Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

संगि लामा

UP Next....

नेपाल खबर

आदिवासी दिवस मनाइने

 हेटौंडा । २२ औँ विश्व आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रम गरि भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ, मकवानपुरको हेटौँडामा बसेको बिस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।महासंघका मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले ¥यालीसहित साँस्कृतिक कार्यक्रम, बिचार गोष्ठी, फलफूल बितरण, बृक्षारोपण लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ । जातीय भेषभुषामा प्लेकार्ड, झाँकीसहितको बृहत ¥याली निकाली यसपटकको दिवसलाई फरक ढंगले मनाउँने तयारी भईरहेको उनले जानकारी दिए । साउन २५ गते अर्थात् अगष्ट ९ मनाईने दिवसमा बिबिध कार्यक्रमगरि कला, भाषा र संस्कृतीको प्रबद्र्धन गरिने बताईएको छ ।बैठकमा आदिवासी जनजाती महासंघ मकवानपुरका सल्लाहकारद्वय मधुकर सिँह थापा मगर र नन्दरत्न स्थापित, नेवाः देय् दबुःका जिल्ला उपाध्यक्ष अनिल खड्गी, किराँत राई यायोख्याका केबी राई लगाएतले दिवसलाई समृद्धी र बिकासको रुपमा मनाईन जोड दिए । कार्यक्रममा जनजाती महासंघकी मकवानपुर उपाध्यक्ष जानकी चौधरी, सदस्य भैरवबहादुर कुमाल, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, जिल्ला अध्यक्षहरु नेपाल मगर संघका दुधराज थापा मगर, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी, नेपाल तामाङ्ग घेदुङ्गका लिलाकुमार घलान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघकी पुर्णिमा गोले, नेपाल आदिवासी जनजाती बिद्यार्थी महासंघका रबिन थापा मगर तथा नेपाल आदिवासी जनजाती युवा महासंघका जिल्ला सचिव आशिष अस्लामी मगर लगाएतको सहभागिता रहेको थियो । लोककवि गणेशलाल श्रेष्ठको नाममा पाँच लाख रुपैँयाको अक्षयकोष स्थापना गरिने भएको छ । लोककवि गणेशलाल श्रेष्ठको एक सय पाँच औं जन्मजयन्तीको अबसरमा हेटौंडामा आयोजित साहित्य गोष्ठीमा यस्तो जानकारी दिईएको हो । लोककवि श्रेष्ठको छोरा केशवलाल श्रेष्ठले साहित्य गोष्ठी गरिएको प्रति धन्यवाद व्यक्त गर्दै कोष सञ्चालन गर्न रकम उपलव्ध गराउँने घोषणा गरे ।कार्यक्रम नेपाल भाषा खलः, मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम भीम बिराग संगित साहित्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापाको प्रमुख आतिथ्य तथा नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो