Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

महिलाहरु नेतृत्यदायी हुनुपर्नेमा जोड

हेटौंडा। मलालाई घरदेखी समाजसम्म अगाडी बढ्न र नेतृत्वतहमा पु¥याउन अखिल नेपाल महिला संघको भुमिकामत्वपूर्ण रहेकोमा एक कार्यक्रमका वतmाले जोड दिनुभएको छ ।  हेटौंडा वडा नम्बर  १० मा आयोजित   अखिल नेपाल महिला संघको सातौ वडा सम्मेलन कार्यक्रममा बोल्नुहुदै  अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथी पद्मा पौडेलले महिलाको अवस्था अहिलेको अवस्थासम्म आई पुग्न संघको भुमिका विशेष रहेको बताउनुभएको छ । साथै उहाले  महिलाका सवालमा नेपालमै मताधिकार,समानअधिकार , महिलाहिंसाविरुद्ध तथा अंश र वंशको सवालमा अखिल नेपाल महिला संघले आवाज उठाएर सफलता प्राप्त गरेको जानकारी दिनुभएको छ । त्यसैगरी अखिल नेपाल महिला संघका नगर अध्यक्ष सुमित्रा काफ्लले आगामी सम्मेलनले चयन गरेको नया कार्य समितीले संगठन सञ्चालन विधी र विधान संगत संचालन हुनुपर्नेमा जोड दिनुभएको छ ।अखिल नेपाल महिला संघको सातौ वडा सम्मेलनले हेटौंडा वडा नम्बर  १० को नया कार्य समिती चयन गरेको छ । अखिल नेपाल महिला संघको सातौ वडा सम्मेलनले फुलमाया गुरुङ्लाई नया कार्य समितीको अध्यक्षमा चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा बिना थिङ्, कोषाध्यक्षमा रिता लामा,सचिवमा मिना लामा, सहसचिवमा शुसिला लामा  चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रदेवी सुनार, गोमा सुनार,साईली लामा,सुनिता गुरुङ्,साईली लामा,मिलन दवाडी,अनिता पौडेल ,गिता नेपाल र सरीता गुरुङ् लगायतको १३ सदस्यीय कार्यसमिती चयन भएको छ । वडा नम्बर १० का अखिल नेपाल महिला संघकी अध्यक्ष उमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर क्षेत्रीय कमिटीका अध्यक्ष मनमाया अधिकारी,एमाले नगर कमिटी ईन्चार्ज फुर्वा लामा र वडा नम्बर १० का एमाले वडाअध्यक्ष सुरेस लामा लगायतकाले मन्तव्य व्यतm गर्नुभएको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो