Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

युनिलिभरका मजदुरहरु आन्दोलित

हेटौंडा। सहमति पालना गर्न आग्रह गर्दा कर्मचारी निलम्बित मकवानपुरमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभरका ७ जना कर्मचारी निलम्बनको फुकुवा माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उद्योगमा कार्यरत कर्मचारीहरुको २०७२ साल पुष २३ गते सामुहिक मागदावि गरी गत जेठ १६ गते माग दावि पुरा गर्ने भएको सम्भौता कार्यान्वयन गर्न आग्रह गर्दा ७ जना निलम्बनमा परेको भन्दै प्रशासन पुगेका हुन् । निलम्बन पर्नेहरुमा लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धबप्रसाद पहाडि, चितबहादुर बिश्वकर्मा राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रबिबाबु मल्ल रहेका छन् । भएको सममति पालना गर्न आग्रह गर्दा निलम्बनमा परेको भन्दै निलम्बन फुकुवा गराउन अन्तराष्ट्रिय टे«ड युनियन नेपाल आबद्ध जिल्ला परीषदको नेतृत्वमा उनीहरु आज जिल्ला प्रशासन कार्यालय समेत पुगेका छन् । परीषदका संयोजक कुमार पौडेलले प्रमुख जिल्ला अधिकारी मानबहादुर बिश्वकर्मालाई ज्ञापन पत्र बुझाई बिगतमा भएको सहमति कार्यान्वयन गराई निलम्बन फुकुवा गराउन पहल गरीदिन आग्रह समेत गरेका छन् ।

 

More

रेडियो परिवार

More

नयाँ भिडियो