Studio Time 20th July 2018, Friday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

स्थानीयहरुद्धारा ज्ञापन पत्र पेश

हेटौंडा । पुर्वी मकवानपुरको छतिवनका स्थानीय राजनीतिक दलका नेताहरु सम्मिलीत सर्वदलीय संयन्त्रले ७ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले लालपुर्जा मात्र भएका भुकम्प पीडितलाई अनुदान रकमको सम्झौता गर्ने नीति ल्याएको भन्दै समितीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझएका हुन् । संयन्त्रको मागहरुमा विभिन्न कारणले छुट हुन गएको वास्तविक पीडितको पुनः दर्ता हुनुपर्ने, रातो कार्ड पाएर पनि हाल सुचिमा नरहेकालाई पुनः सामेल गर्नुपर्ने, बैकल्पिक ब्यवस्था गरिनुपर्ने, प्राविसधक टोलीद्वारा अबलोकन निरिक्षण हुँदा छुटेकाहरुलाई सेतो कार्डको ब्यवस्था हुनुपर्ने, आंशिक क्षति भएकालाई पनि मर्मतको लागि रकम विनियोजन गर्नुपर्ने तथा पूर्ण रुपमा ध्वस्त भएका घर गोठको मुल्याङन गरि सोहि आधारमा अनुदान दिनुपर्ने माग राखिएको एमाले मकवानपुरका जिल्ला सदस्य दलबहादुर वाईवाले बताए । ज्ञापनपत्र बुझाउन स्थानीय राजनीतिक दलका नेताहरु नेपाली कांग्रेस छतिवनका अध्यक्ष भुमिनन्द गौतम, एमाले छतिवनका अध्यक्ष राजन दंगाल, राप्रपा नेपाल जिल्ला सदस्य देवनारायण घिमिरे लगाएतका स्थानीय समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो