Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

झरना साहित्यमा मकवानपुरमा साहित्यकारहरुको जमघट

हेटौंडा ।गजलकार अनिष न्यौपाने “भावना” ले आफ्नो प्रकाशोन्मुख मुक्तक संग्रहबाट आफ्ना १२ वटा मुक्तक मकवानपुरे साहित्यकारमाझ प्रस्तुत गरेका छन् । झरना साहित्य परिवार मकवानपुरको आयोजनामा भएको २ सय ५ औ साहित्य श्रृङ्खला अन्र्तगत अनिष न्यौपानेको प्रकाशोन्मुख संग्रह विषेश कार्यक्रममा न्यौपानेले आफ्ना १२ मुक्तक प्रस्तुत गरेका हुन् । 
मुक्तक प्रस्तुत गर्दै गर्दा उनले आफ्नो कृति प्रकाशन गर्न सहयोग गर्नको लागि आग्रह समेत गरेका छन् । यसअघि गजल संग्रह ‘पढेपछि थाहाहुन्छ’ को प्रकाशन गरिसकेका न्यौपानेले आउँदो मुक्तक संग्रहमा १ सय ३५ वटा मुक्तक रहने जानकारी कार्यक्रम मार्फत दिएका छन् । 
न्यौपानेको मुक्तकमाथी टिप्पणी गर्दै कवि पुरुषोत्तम आचार्यले न्यौपानेको गजल नेपाली समसामयिक विषयमा महत्वपूर्ण रहेको बताए । टिप्पणीकै क्रममा कवि तथा साहित्य संगम मकवानपुरका अध्यक्ष सुवाश खनालले न्यौपाने पछिल्लो समयका एक शसक्त कवि भएको बताए ।
न्यौपानेको मुक्तकमाथि अर्का साहित्यकार देवराज तिवारीले पनि टिप्पणी गरेका थिए । 
भ्mरना साहित्यीक परिवार मकवानपुरका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा साहियकार आर.आर चौलागाँईको प्रमुख आतिथ्यता रहेको थियो भने सदस्य भावना सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् । 
कर्यक्रममा कवि तथा साहित्यकारहरु आरसी रिजाल, उद्धव सापकोटा, देवराज खरेल, मुक्तिगोविन्द बैद्य,तुलसी घिमिरे, अर्पण पराजुली लगाएतले मन्तब्य तथा न्यौपानेको विषयमा मन्तब्य ब्यक्त गरेका थिए । कार्यत्रलममा उपस्थित जनाएका अधिकांश कविहरुले न्यौपानेको प्रकाशोन्मुख कृतिलाइ प्रकाशन गर्नको लागि आर्थिक सहयोगको घोषणा समेत गरेका छन् ।

 

 

More

रेडियो परिवार

More

नयाँ भिडियो