Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

कबालीले तोड्यो सलमानको रेकर्ड

रजनीकान्तको हालै रिलिज भएको फिल्म ‘कबाली’ले बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भएको छ । भारतीय मिडियाले उल्लेख गरे अनुसार २२ जुलाईमा रिलिज भएको यस फिल्मले विश्वभरवाट ६५० करोड रुपैंया कमाई गरेको छ ।यसको आधारमा भन्न सकिन्छ । कबालीले सलमान खानको अहिलेसम्मको सबै रकम तोड्यो । यो फिल्मले ७०० करोड पार गर्ने आाकलन गरिएको छ ।बलिउडमा अहिलेसम्म राजकुमार हिरानी निर्देशित ‘पिके’ सबै भन्दा धेरै कमाई गर्ने फिल्मको रुपमा चिनिन्छ ।

आमिर खान अभिनित उक्त फिल्मले विश्वभरवाट ७९२ करोड ब्यापार गरेको थियो ।‘पिके’ पछि धरै कमाउने सिनेमाको सूचीमा सलमान खान अभिनित ‘बजरंगी भाईजान’ पर्छ । उक्त फिल्मले ६२६ करोडको ब्यापार गरेको थियो । एस एस राजमौलि निर्देशित ‘बाहुबली’ले विश्वभरवाट ६१५ करोड ब्यापार गरेको थियो ।सलमानकै अर्को फिल्म सुल्तान पनि धेरै कमाइ गर्ने फिल्मको सूचीमा सुरक्षित छ । सलमान खान र अनुश्का शर्मा अभिनित सुल्तानले ५७७ करोड ब्यापार गरेको थियो । आमिर खान र कटि्रना कैफ अभिनित ‘धुम-३’ ले ५४२ करोड रुपैया ब्यापार गरेको थियो ।

 

 

 

More

रेडियो परिवार

More

नयाँ भिडियो