Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

अझै खुलेन युनिलिभर

हेटौंटा  । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले आफ्नो हेटौंडा बसामाडीस्थित कम्पनी अझै खुल्न नसकेको स्पष्ट गरेको छ ।

कतिपय सञ्चारमध्यममा सोमबार उपभोग्य सामाग्रीको उत्पादन गर्ने युनिलिभरको उद्योग खुलेको खबर आएपनि युनियनका नेताहरुबाट कार्यसञ्चालनमा गरिएको अवरोधकोे कारण कम्पनीको तालाबन्दी यथावत नै रहेको बताएको छ ।

औद्योगिक सम्बन्धका मुद्दाहरुका कारण गत असार २६ गतेदेखि उद्योगको सामान्य काम(कारबाहीमा गम्भिर अवरोध सिर्जना भइरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योग व्यवस्थापनले वार्ताका माध्यमबाट समस्या समाधान गर्न र बाध्य तुल्याउने रणनीति छाड्न कामदारका नेताहरुलाई पटक(पटक अपिल गरेको छ । तर, कर्मचारी युनियनका नेताहरुले अनुचित दबाबको रणनीति कायमै राखेर व्यवस्थापनलाई दैनिक कार्यसञ्चालनमा अवरोध गरेको कम्पनीको दावी छ ।

यसैका कारण युनिलिभरले उत्पादन गरेको दैनिक उपभोग्य सामानहरु बजार पठाउने कार्य नराम्रोसँग प्रभावित भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

युनियनको अवैधानिक हड्तालका कारण उद्योगको नियमित सञ्चालनमा अवरोध भन्दै साउन २३ गते देखि उद्योगमा तालाबन्दी गर्न आफू बाध्य भएको व्यवस्थापनले तर्क गरेको छ ।व्यवस्थापनले उद्योगमा तालाबन्दी गरिएको सूचना उद्योग परिसरमा टाँस गरी विभिन्न वैधानिक निकायहरुलाई जानकारी गराएको जनाएको छ ।

ुकारखानाको अवस्था र विद्यमान परिस्थितिले गर्दा कारखानाको नियमित संचालन बन्द रहेको कुरा जिल्ला श्रम कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपु र जिल्ला प्रहरी कार्यालय, हेटौंडालाई जानकारी दिइएको छु विज्ञप्तिमा भनिएको छ ।

विगतमा विनाशकारी भूकम्प तथा इन्धन अभाव लगायतका कारण चुनौतिहरु भोग्नु परेको भन्दै जटिल परिस्थितिमा पनि आफ्ना कर्मचारीप्रति प्रतिवद्ध रहेको स्मरण युनिलिभरले गराएको छ । उसले अहिलेका घटनाक्रमहरुलाई दुर्भाग्यपूर्ण भनेको छ । कम्पनीका १ सय ५४ जना कर्मचारी कार्यरत छन् ।

 र

More

रेडियो परिवार

More

नयाँ भिडियो