Studio Time 20th July 2018, Friday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

दशैं महोत्सव आयोजना गरिने

हेटौंडा । मकवानुर उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा
क्रिष्टल गहना बनाउने तालिम आजबाट मनहरीमा शुरु भएकोछ । ५दिन सम्म चल्ने
तालिममा करीब २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहनेछ । मकवानपुर
उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामाभएको
उद्घाटन कार्यक्रममा अध्यक्ष न्यौपानेले तालिममा सिकेको सीपलाई व्यवसायकै
रुपमा विकास गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा मउबासंघ, महिला
उद्यमीविकास समितिकी सभापति निलम पाण्डेले यस तालिमले महिलालाई
आत्मनिर्भर बनाउन सहयोग पुर्याई आर्थिक रुपमा सक्षम बनाउने बताएकीछिन् ।
कार्यक्रममामउबासंघका बरीष्ठ उपाध्यक्ष कृष्ण कटुवालले कुनै पनि तालिम
निजी विकास र व्यवसायिक विकासका लागि हुने र यो तालिम व्यवसायिक विकासमा
टेवापुग्ने हुनालेतालिम पछि व्यवसायमा आउन आग्रह गर्नुभयो । मउबासंघ
पश्चिम क्षेत्र समितिले आयोजना गरेको कार्यक्रममा पश्चिमी क्षेत्र
समितिका सभापति गोविन्द रिजाललेतालिम पछि सिकेका सीपलाई व्यवहारमा समेत
उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा मउबासंघ,महिला विकास समिति पश्चिमी
क्षेत्र सभापति अनिता कर्माचार्यकोसभापतित्वमाम्पन्न कार्यक्रममा संघका
कार्यक्रम अधिकृत देवराज पन्त, पश्चिमी क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष
नारायण सुवेदी, निवर्तमान सभापति मञ्जु सेढाई,सञ्चारकर्मी शिवकुमार काशी,
महिला उद्यमी विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । तालिमलाई
प्रशिक्षक शारदा सुवेदीले सहजीकरण गर्नुहुनेछ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो