Studio Time 20th July 2018, Friday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

संचारमाध्यामबाट आदिवासी जनजातीहरु खुसी

हेटौंडा । मकवानपुरका सञ्चारमाध्यमहरुले आदिवासी, जनजातिहरुको विषयलाई सन्तोषजनक
ढंगले उठान गरेको आदिवासी, जनजातिको क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुले
बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ९फोनीज० को १७ औँ स्थापना दिवसमा
आयोजना भएको ुआदिवासी जनजातिका सवाल र पत्रकारको भूमिकाु विषयक
अन्र्तक्रियामा बोल्दै आदिवासी जनजाति अगुवाहरुले मकवानपुरे पत्रकारिताले
क्षेत्रमा जनजातिको सवाललाई कहिल्यै भेदभाव नगरेको बताए ।
अन्तरक्रियामा बोल्दै प्राध्यापक तथा जनजाति अगुवा मधुकरसिंह बलामी मगरले
मकवानपुर जिल्लामा रहेका मिडियाहरुले आदिवासी जनजातिको सवाललाई भेदवाभ
नगरेको बताए । नेपालको संविधान अझैपनि जनजातिमैत्री नरहेको बताउँदै उनले
संविधानलाई परिमार्जन गरेर भएपनि जनजातिको मुद्धालाई थप उठान गर्नुपर्ने
बताए ।
नेपालमा आदिवासी जनजातिको क्षेत्रलाई उठान गर्नको लागि मिडीयाको
महत्वपूर्ण भुमिका रहेको बताउँदै उनले मिडीयाको माध्यमबाट आफुहरुको
अधिकारको सुनिश्चितता गर्न निकै सहयोग मिलेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य
प्रताप विष्टले केहि जनजाति नेताहरुले आफ्नो धरातल विर्सदा समस्या भएको
बताए । केहि जनजाति नेताहरु आफु केहि सम्पन्न भएपछि आफ्नो धरातल विर्षदै
अन्य जातको सिको गर्दा आफ्नै जातिको उत्थान भुल्ने गरेकोले पनि केहि
समस्या भएको बताए ।
फोनिज मकवानपुरकी अध्यक्ष पूर्णिमा गोलेको सभाअध्यक्षतामा भएको
कार्यक्रममा आदिवासी जनजाति नेताहरु जंगबहादुर गुरुङ, मंगलकृष्ण मानन्धर,
एमाले मकवानपुरी उपसचिव मिना लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव
कृष्ण सारु लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

More

रेडियो परिवार

More

नयाँ भिडियो