Studio Time 20th July 2018, Friday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

बुद्ध नेपालमा नै जन्मिएका हुन्

हेटौंडा ।  नेपालमा जन्मिएको बुद्ध भगवानलाई अन्यत्र देशमा जन्मिएको भनि षडयन्त्र रचिएकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । हेटौँडामा हिजोबाट सुरु भएको तीन दिने बौद्ध दर्शन सम्बन्धी बृहत धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो बताएका हुन् । बुद्ध नेपालमा जन्मिएको भएता पनि अरु शक्तिशाली देशले आफ्नो देशमा जन्मिएको भनि दावी गर्दै छन्, सम्मेलनको उद्घाटन गर्दै न्युजिल्याण्डबाट बौद्ध दर्शनको बारेमा प्रचारप्रसारमा लाग्दै आउनु भएकी सिनीयर गुरु ह्यु पान ह्येले बताउनु भयो । बुद्ध नेपालकै हुन्, आफूले बुद्ध भगवानको बारेमा प्रचारप्रसार गर्दै हिड्न पाएकोमा समेत उहाँले खुशी व्यक्त गर्नु भयो । यसैगरी, कार्यक्रममा पूर्व महिला जिल्ला सभापति ओमु टेम्पा लामाले बुुद्ध धर्म टिकाई रहन सबै नेपालीको कर्तव्य भएकोमा जोड दिनु भएको छ । उहाँले बुद्ध नेपालमा जन्मिएका हुन् भनि अभियान चलाउनु नेपालीको लागि विडम्वना समेत भएको बताउनु भयो । सम्मेलनमा चाईना, ताईवान, सिंगापुर, मलेसिया, थाईल्याण्ड, न्युजिल्याण्ड गरी विभिन्न ७ वटा देशबाट गुरु तथा अभियन्ताहरुको उपस्थिती छ । ताओ जागरण एसोसिएसन मकवानपुरको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन एसोसिएसन मकवानपुरका संयोजक तथा पूर्व जिविस उप सभापति भिम बहादुर भोम्जनको अध्यक्षता तथा सिनियर गुरु ह्यु पान ह्येको प्रमूख आतिथ्यतामा भएको थियो । कार्यक्रममा ताओ जागरण एसोसिएसनका केन्द्रिय सदस्य अमृत लामा, एसोसिएसन मकवानपुरका सह संयोजक लिला कुमार घलान, सह सचिव होम राना मगर, सदस्य ललित घलान, भूगर्भशास्त्री देवकुमार स्याङबो, आदिवासी जनजाति महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष बुद्ध लामा लगायतले सम्बोधन गर्नु भएको थियो । भोलीसम्म चल्ने सम्मेलनमा मकवानपुरका विभिन्न गाविस, हेटौँडा उपमहानगरपालिकाका गरी ३ सय भन्दा बढी बौद्धमार्गीहरुको उपस्थिती रहेको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो