Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

काभ्रे सम्पर्क समिति युएईको बाँकी पदपर्ति पुरा गर्दै समिक्षा बैठक सम्पन्न

काभ्रे सम्पर्क समिति युएईको बाँकी पदपर्ति पुरा गर्दै समिक्षा बैठक सम्पन्न
उत्तम बिक/ युएई १८ फेब्रुअरी,
काभ्रे सम्पर्क समिति युएईको १७ फेब्रुअरी २०१७ का दिन बसेको दोश्रो अधिबेशन पछिको प्रथम बैठकले कार्य समितिमा जिम्मेवारी बाँडफाड सहित एक संरक्षक, एक उपाध्यक्ष र दुईजना सल्लाहाकार थप गर्दै २०१७–१९ कार्यकालको लागी पुर्ण कार्यसमिति चयण गरेको छ । 
 गत २७ जनावरी २०१७ का दिन भएको दोश्रो अधिबेशनले नयाँ कार्यसमिति छनोट गरेता पनि अधिबेशन पछिको प्रथम समिक्षा बैठकले समितिका संस्थापक अध्यक्ष दामोदर दाहाललाई समितिको संरक्षक चयन गरेको हो । युएईको बरदुबईमा सम्पन्न बैठकले कार्य समितिमा प्रदिप सापकोटालाई उपाध्यक्ष, अनिस तामाङ र अचुत दुलाललाई समितिको सल्लहाकारमा छनौट गरेको छ ।
 कार्यसमितिमा हाल एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिब, एक सचिब, एक कोषाध्यक्ष, र आठ सदस्या रहेका छन् त्यसैगरी सल्लाहाकार चार जना छन भने एक जना संरक्षक रहेका छन । युएईबासी काभ्रेलीहरुलाई संगठित गरी बैदेशिक रोजगारीको शिलशिलामा दुख पाएका काभ्रेलीहरुलाई सहयोग गर्ने उदेश्यका साथ ८ अगष्ट २०१४ मा स्थापना गरिएको काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिति युएईले युएईमा रहेका सबै कभ्रेलीहरुलाई संस्थामा आबद्ध हुन बैठकले युएईबासी काभ्रेलीहरुलाई आव्हान समेत गरेको छ ।
युएईको बिभिन्न कुना कुन देखी उपस्थिती रहेको समितिको बैठकले आगमी नेपाली नयाँ बर्षको अबसर पारेर युएईमा रहेका नेपाली कलाकारहरु र नेपालबाट नेपालका ख्याती प्राप्त कलकारहरु ल्याएर बृहत सांस्कृतिक कार्यक्रम गर्ने निर्णय  गरेको छ । उक्त कार्यक्रमको लागी निरमाया खडका (दाहाल) को संयोजकत्वमा सांस्कृतिक बिभाग गठन गर्ने निर्णय समेत गरेको छ भने नेपाल बाट ल्याउने कलाकार, कार्यक्रम हुने मिति, र स्थान छिट्टै सार्बजनिक गरिने समितिका अध्यक्ष दिल लामाले जानकारी दिएका छन ।
बैठकमा उपस्थित युएईबासी काभ्रेलीहरुलाई धन्यबाद दिदै अध्यक्ष लामाले दाश्रो अधिबेशन तथा बनभोज कार्यक्रम समग्रमा सफल भएको समिक्षा सहित कार्यक्रम सफल पार्न खटिएका सबैको प्रशंसा गर्दै आगमी दिनहरुमा पनि यसरी नै साथ समर्थन रहनेमा आफु आशाबादी रहेको बताए । बैठकले काभ्रे सम्पर्क समिति युएईको बिधान शंसोधन गरि काभ्रे सम्पर्क समिति युएईलाई नाम परिबर्तन गरि काभ्रे सेवा समाज युएई बनाउने निर्णय समेत गरेको छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो