Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ बैशाख १ मा काभ्रे समाज युएईको सास्कृतिक कार्यक्रम

अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ  बैशाख १ मा काभ्रे समाज युएईको सास्कृतिक कार्यक्रम
 
 
उत्तम बिक
दुबई २० मार्च,  युएईमा रहेका काभ्रेलीहरुको साझा  संस्था काभ्रे सेवा समाज युएईद्धारा आगामी अप्रिल १४(२०७४ बैशाख १) मा दुबईको कर्ल्टन होटलमा अपाङ्ग तथा अनाथ बालबालिहरुको सहयोगार्थ "नयाँ बर्षबृहत संस्कृतिक साँझ २०७४” हुने भएको छ ।
२०७४ सालको आगमन संगै समाजले बैशाख १ गते  (१४ अप्रिल २०१७) का दिन   नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ,  लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायत कलाकार ल्याएर अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोग स्वरूप कार्यक्रम गर्न लागेको समाजका संरक्षक दामोदर दाहालले बताए । नेपालबाट आउने चर्चित कलाकारहरुको साथमा  युएईमा रहेका नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी शुब्ब, सोनी राना मगर, प्रवेग दोङ, डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको  बेजोड प्रस्तुति रहने छ । नेपालबाट आउने कलाकार मध्य गायक तथा संगीतकार विश्व दोङ काभ्रे जिल्ला कै चर्चित सेलो गायक पनि हुन् ।
 सपना सुनचादी पसल,TRUST GENIC कम्पनी, मारहाबा ट्राभल्स, अन्नपूर्ण सुनचादी पसल, बिजेता ग्रुप कम्पनी, फिस्टल ट्रभल्स , नेपालीको सगरमाथा रेष्टुरेन्ट ,भावर्ची रेष्टुरेन्ट, फलाफिल्गी रेष्टुरेन्ट, नेपाली रेष्टुरेन्ट , काठमाडौं रेष्टुरेन्ट, ग्रिन्ड डान्सबार, नमस्ते रेष्टुरेन्ट ,भान्छाघर रेस्टुरेन्ट, एभरेष्ट एच.आर कन्सलटेन्सी, नमस्ते ट्राभल्स,जि.के.एस. टायर लगायत ईसपोन्सर रहेको उक्त बृहत सास्कृतिक साझ २०७४ भब्य र सभ्य रुपमा सफल पार्नको लागि  काभ्रे सेवा समाज युईका अध्यक्ष दिल लामाले युएईबासि नेपालीहरुलाई आग्रह गरेका छन् ।
 
कार्यक्रम दुबईको देरा स्थित बानियास मेट्रो स्टेशन नजिकै कार्ल्टन होटलमा दिनको २ बजे देखि साझा ८ बजे सम्म हुने पनि आयोजकले जानकारी दिईएको छ । कार्यक्रममा आउन जानको लागि युएईको राजधानी अबुधाबीबाट अचुत दुलाल, अशोक बानिया, सारजाहबाट गोबिन्द पन्त, अलाईनबाट दिल लामा, जनक सापकोटा लगायतले नेतृत्व गर्ने छन् भने उक्त कार्यक्रमको लागि टिकट बिक्रि वितरण पनि शुरु भएको आयोजकले जानकारी दिएको छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो