Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

हेटौंडाको हुप्रचौरमा उद्घाटन खेल जनजागृति मावि र तुल्सीमेहर माविबीच भएको थियो । उद्घाटन खेलमा जनजागृति मावि विजयी भएको छ । खेलको ३६औं मिनेटमा जनजागृतिका लागि अजय स्याङ्तानले निर्णायक गोल गरे । अजय म्यान अफ दि म्याच घोषित भएका छन् । त्यस्तै आईतबार नै भएको दोस्रो खेलमा बालज्योति माविलाई अरनिको माविले टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको छ । म्यान अफ दि म्याच अरनिको माविका राजन विष्ट भए । प्रतियोगिता उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जिल्लास्तरमा हुने फुटबल प्रतियोगिताले खेलाडीको पहिचान र उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।
एन्फाका केन्द्रीय सदस्य दावा लामाले एन्फा अन्तरविद्यालय फुटबल प्रतियोगिताका ४५ जिल्लामा भइरहेको र जिल्लास्तरीय प्रतियोगितापछि प्रदेशस्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिनुभएको थियो । १८ वटा टिमको सहभागिता रहेको  प्रतियोगिताको उपाधी विजेताले २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने द्वितीय हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएकोे छ । आज सोमबार श्रमिक मावि र चुरियामाई मावि बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सनराइज इंग्लिस बोर्डिङ स्कूल र तारिस इंग्लिस बोर्डिङ स्कूल बीच खेल हुनेछ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो