Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

एन्फा कप अन्तरविद्यालयको क्वाटरफाईनल खेल सुरु

प्रगति माविले जनता मावि फापरबारीलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच प्रगतिका विजय विक भए । उनलाई वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव निरीक्षक श्रीप्रसाद गुरुङले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नु भएको थियो ।
यसअघि भएको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा जेनिथ इन्टरनेशनल मावि विजयी भएको छ । जेनिथका आदित्य श्रेष्ठको ह्याट्रिक मद्दतमा बालबोध मावि हटियालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । जेनिथका आदित्य म्यान अफ द म्याच समेत घोषित भए । आदित्यलाई जिल्ला फुटबल संघ मकवानपुरका कोषाध्यक्ष अमृत लुङ्वाले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नु भएको थियो । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल तासिर बोर्डिङ स्कूल र अरनिको माविबीच खेल हुनेछ भने दोस्रो खेल श्रमिक मावि र जनजागृति मावि बीच हुनेछ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो