Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

सेमिफाइनलको समिकरण पुरा

गएराती आयोजक रसियाको चुनौतीलाई पन्छाउँदै क्रोएसियाले २० बर्षपछि सेमिफाईनलमा स्थान बनाएको हो । निर्धारित र थप गरिएको समयमा २÷२ को बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट खेलको निर्णय लिईएको थियो । जसमा क्रोएसिया ४–३ ले बिजयी भएको हो । त्यस्तै गएराती नै स्विडेनलाई २–० ले हराउँदै ईङल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । उसको जितमा ह्यारी मागुरे र डेल अलीले गोल गरेका थिए । ईङल्याण्डले २८ बर्षपछि बिश्वकपको सेमिफाईनलमा स्थान बनाएको हो । बलमाथि ५८ प्रतिशत नियन्त्रण जमाएको ईङल्याण्डका थप अबसर भने खेर गएका थिए । स्विडेनले गोल गर्ने केही अबसर पाएपनि ईङलिस रक्षापंक्ति त्यसको बाधक बनेको थियो । यी दुई राष्ट्रको प्रबेशसँगै जारी बिश्वकपको सेमिफाईनल समिकरण पनि पुरा भएको छ । पहिलो सेमिफाईनलमा मंगलबार फ्रान्स र बेल्जियम तथा दोस्रो सेमिफाईनलमा बुधबार ईङल्याण्ड र क्रोएसिया भिड्नेछन् ।
More

रेडियो परिवार

More

नयाँ भिडियो