Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

प्रदेश स्थायी राजधानी अध्ययन

प्रदेश राजधानीका लागि प्रस्तावित ५ वटा जिल्लाको सम्भाव्यता अध्ययन गरी स्थायी राजधानी प्रस्ताव गर्न समितिले अध्ययन प्रतिवेदन सभामुखलाई बुझाएको हो । प्रस्तावित जिल्लाहरुको अध्ययन गरी समितिले वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरको प्रतिवेदन बुझाएको छ ।
 
प्रतिवेदनमा समितिले प्रदेशका जिल्लाहरुमा पठाएको १ सय २३ वटा प्रश्नको उत्तर अनुसार र समितिको सुझावलाई आधार बनाएर सिफारिस गरिएको बताइएको छ । प्रतिवेदनको अनुसूचि सिफारिस भएका जिल्लाहरु मध्ये पनि अतिउपयुक्त, उपयुक्त, कम उपयुक्त भनेर छुट्टाइएको छ । यद्यपी समितिले कुनै पनि जिल्लालाई अनुपयुक्त भनेर प्रतिवेदनमा उल्लेख गरिएको छ्रैन । प्रतिवेदनमा सिफारिस भएका जिल्लामध्ये कुन जिल्लालाई कति उपयुक्त भनेर उल्लेख भए तापनि संसदमा जानकारी नगराई जानकारी दिन नमिल्ने समितिका सभापति दिपक निरौलाले बताउनुभएको छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो