Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

हेटौंडा अस्पतालले सुत्केरीलाई यातायात खर्च दिएन

मातृशिशु स्वास्थ्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिने ४ पटक गर्भपरीक्षण गराउनुपर्ने भएकोले सरकारले गर्भवतीलाई गर्भपरीक्षणका लागि प्रोत्साहित गर्न यातायात खर्चवापत सुत्केरी भएपछि एकमुष्ठ ४ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।
हेटौंडा अस्पतालका लेखापाल मधुकुमार ढुंगानाले बजेट नभएका कारण गर्भवतीले नियमित गर्भ परीक्षण गराएवापत प्राप्त गर्नुपर्ने प्रोत्साहन रकम वितरण नगरिएको बताउनुभयो । स्वास्थ्य संस्थामै प्रसुती गराएवापत प्रदान गरिने १ हजार रुपैयाँ यातायात खर्च भने हेटौंडा अस्पतालले वितरण गरिरहेको छ । हेटौंडा अस्पतालका प्रमुख डा. कमल दवाडीले भने प्रोत्साहन रकम वितरण नभएको विषयमा आफूलाई जानकारी नभएको भन्दै लेखा प्रशासनमा बुझ्ने बताउनुभयो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो