Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

राजधानीको विषयमा कारण देखाउ आदेश

३ नम्बर प्रदेशको स्थायी सम्भाव्यता अध्ययन गर्न बनेको समिति समेतको विरुद्धमा उच्च अदालत हेटौंडा ईजलासमा मुद्दा परेपछि लिखित जवाफ पछिको सुनुवाई नभएसम्मका लागि राजधानीको विषयले प्रदेश सभामा प्रवेश नपाउने भएको हो । संविधानको धारा १ सय ९१ मा अदालतमा विचारधिन विषयमा बोल्न नमिल्ने व्यवस्था भएकोले प्रदेश सभामा छलफल गर्न पाईने छैन । 
अधिवत्ता ध्रुवप्रसाद चौलागाईले ३ नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख, राजधानी सम्भाव्यता अध्ययन समिति, प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीको संसदीय दलहरु, प्रमुख बिपक्षीदलका नेता समेतको नाममा दायर गरेको रिट उपर उच्च अदालतका न्यायधिश चिन्तामणी वरालको ईजलासबाट कारण देखाउ आदेश विहिबार जारी भएको छ । रिट निवेदनमा २०७५ वैशाख १४ गते गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गर्ने गरी भएका निर्णय र सो सम्बन्धमा भएका सबै काम कारबाही बदर गर्न माग गरिएको छ । ‘प्रदेश राजधानीको सम्बन्धमा ३ नम्बर प्रदेश सभासदहरुले नै निर्णय गर्ने संवैधानिक व्यवस्था भएकोले संविधानको धारा २८८ (२) बमोजिम प्रदेश सभाले देश, काल, परिस्थिति, संघीयताको मर्मअनुरुप हेटौंडामा राजधानी तोकिएपछि भएको ५० औं करोड खर्च गरी भएको पूर्वाधारलाई ख्याल गरी अगाडि बढ्नुपर्नेमा अशान्ति सिर्जना हुने कार्य भइरहेकोले यस्तो काम नगर्न र नगराउन र आम नागरिकको मौलिक हकमा आघात पर्ने काम नगर्नु नगराउनु’ भनी अदालतले विपक्षीको नाममा उत्प्रेषण परमादेश लगायत उपयुक्त आदेश वा पूर्जी जारी गर्न माग गर्दै यसमा के कसो भएको हो, निवेदनको माग बमोजिमको आदेश किन जारी गर्नुरनपर्ने, गर्नुनपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुत प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी भएको हो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो