Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

बेल्जियम तेश्रो/आज फाइनल

बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १–० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ गोल गर्न सफल भएको हो । काउन्टर अट्याकमा केभिन डे ब्रुयनको पासमा हाजार्डले गोल गर्दै टोलीको जित तथा तेस्रो स्थान सुनिश्चित गरेका हुन् । बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्ने दुई राम्रा अवसर गुमाएका थिए भने इंग्ल्यान्डका लागि ह्यारी केनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । इंग्ल्यान्डका एरिक डायरको प्रहार बेल्जियमका टोबी एल्डरवेरल्डले गोल–लाइनबाट बचाऊ पनि गरेका थिए । सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १–० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २–१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ को अन्तिम खेलमा भिडेका थिए जसमा बेल्जियम १–० ले जित हात पारेको थियो ।
 
प्रतियोगितामा ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनको गोल्डेन बुट जित्ने पक्का जस्तै भएको छ । अब भोलि विश्वकपको फाइनलमा क्रोएसिया र फ्रान्स भिड्ने छन् । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो