Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

ताप्लेजुङ सेमिफाईनलमा प्रवेश

क्वाटरफाईनल खेलअन्तर्गत आज भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको २२औं मिनेटमा ताप्लेजुङकी रिना बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । उनको गोल नै खेलको निर्णायक गोल बन्दै ताप्लेजुङ विजयी भएको हो । प्लेयर अफ दि म्याच भने सुर्खेतकी सिर्जना सिंह भईन् । उनलाई पूर्व महिला राष्ट्रिय खेलाडी कमला हिराचनले १ हजार रुपैयाँ नगद सहित प्लेयर अफ दि म्याचको ट्रफि प्रदान गर्नु भएको थियो । ताप्लेजुङले प्रतियोगितामा बाई पाएर एकैचोटी क्वाटरफाईनल खेलेको थियो भने सुर्खेतले अघिल्लो खेलमा चितवनलाई पराजित गर्दै क्वाटरफाईनल खेलेको थियो । त्यस्तै आज हुने भनिएको सिन्धुपाल्चोक र बाँकेबीचको क्वाटरफाईनल खेल वर्षाको कारण रोकिएको छ । वर्षा हुन रोकिएपछि मैदानको अनुगमन गर्दा खेल मैदानमा पानी जमेको कारण फुटबल खेल्न नमिल्ने भएपछि आजको खेल स्थगित भएको हो । आज स्थगित भएको खेल भोली बिहान खेलाईने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ । त्यस्तै भोली हुने अर्को खेलमा मकवानपुरले काठमाडौंसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्दैछ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो