Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

काठमाडौं फाइनलमा

 
हिजो भएको खेलमा मकवानपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाण्डौ फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको चौथो मिनेटमा नै  काठमाडौंकी मनिषा थापा मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । पहलोको हापको १७औं मिनेटमा काठमाडौंकी पेमा लामाले गोल गर्दै अग्रतालाई दोब्बर बनाएकी थिईन् । खेललाई आफ्नो दवदवा राखेको काठमाडँैंका तर्फबाट दोस्रो हापको ५३औं मिनेटमा सुभद्रा खड्काले अर्को गोल गर्दै ३–० गोलअन्तरले काठमाडौंको जित सुनिश्चित गरेकी थिईन् । काठमाडौंकी शुष्मा महर्जन प्लेयर अफ दि म्याच घोषणा भएकी थिईन् । उनलाई मानवअधिकारकर्मी राजन मैनालीले १ हजार रुपैयाँ सहित प्लेयर अफ दि म्याचको ट्रफि प्रदान गर्नुभएको थियो ।
त्यस्तै हिजो बिहान भएकोे अन्तिम क्वाटरफाईनल खेलमा सिन्धुपाल्चोकले बाँकेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । बाँकेकी अञ्जली चौधरीले २३औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । दोस्रो हापको ६३औं मिनेटमा सिन्धुपाल्चोकले पेनाल्टी प्राप्त गर्दा अनु राईले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भईन् । खेलको अन्तिम समयमा थप गरिएकोे इन्जुरी समयमा पुनः अनु राईले अर्को गोल गर्दै टिमलाई विजयी गराएकी हुन् । प्लेयर अफ दि म्याच समेत भएकी अनुलाई जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले १ हजार रुपैयाँ सहित प्लेयर अफ दि म्याचको ट्रफि प्रदान गर्नुभएको थियो ।
सेमिफाईनल तर्फको दोस्रो खेल आज सिन्धुपाल्चोक र ताप्लेजुङको बीचमा हुनेछ । यस खेलबाट विजयी हुने टिमले फाईनल खेलमा काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो