Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

प्रदेश सभाको वैठक स्थगित

विशेष कारण देखाउँदै सभामुखको आदेश अनुसार स्थगित गरेको प्रदेश सभा सचिवालयका निमित्त प्रदेश सभा सचिव मोहन निरौलाले बताउनुभएको छ । बिहीबार  अवरुद्ध भएपछि आजको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो । विहिबारको प्रदेश सभा बैठकमा ‘मुख्यमन्त्री मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा परेका संशोधनसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भए पनि स्थगित भएका कारण हुन सकेको थिएन । मर्यादाक्रम विवादका कारण लामो समय छलफल नै रोकिएको विधेयकमा दफावार छलफल भएर प्रतिवेदन तयार भए पनि पेस भएको थिएन । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका आर्थिक विद्येयक, विनियोजन विधेयक र कर तथा गैरराजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सभालाई जानकारी गराउने कार्यसूची थियो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो